नेपाली काँग्रेस काठमाण्डौं, क्षेत्र नं ६ बाट महासमिति सदस्यमा ११ जना सर्बसम्मत चयन, को को चयन भए ?

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ फाल्गुन २०८०, शनिबार
1 Min Read
Aa

रबिन थपलिया । नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ बाट महासमिति सदस्यमा ११ जना सर्वसम्मत चयन हुनुभएको छ ।
जस अनुसार महासमिति सदस्यहरुमा प्रत्यक्ष तर्फ कृष्ण (सबुज) बानियाँ, भिमसेनदास प्रधान, हरिहर अधिकारी, इन्द्रमान महर्जन, गोविन्द परियार, महिला तर्फ हरिप्रभा खडगी, जीवन डंगोल, खस आर्य तर्फ सानुभाई सापकोटा र शान्ता अधिकारी , आदिवासी जनजाती तर्फ सानुकाजी प्रजापती र सबित्री राजभण्डारी चयन हुनुभएको छ ।
नेपाली काँग्रेसको बिधानको धारा ११ को उपधारा ३ क बमोजिम महासमिति गठन गर्ने सम्बन्धमा नेपाली काँग्रेसका प्रतिनिधिसभा क्षेत्र नं ६ काठमाण्डौं भित्रका वडा सभापतिहरु, नगरसभापतिहरु, प्रदेश सभाका सभापतिहरुको सर्बसम्मत रुपमा चयन गर्नुपर्दछ भन्ने राय सुझाब एवं यस क्षेत्रका महाधिवेशन प्रतिनिधिहरुको कार्तिक २२ गते भएको छलफलबाट महासमिति सदस्यहरुको चयन सर्वसम्मतबाट गर्ने जिम्मेवारी काठमाण्डौं जिल्ला सभापति कृष्ण सबुज बानियाँ र क्षेत्रीय सभापति श्याम कृष्ण खडगीले समन्वय गरी टुंग्याउने निर्णय बमोजिम उक्त नामहरु सर्वसम्मत रुपमा चयन गरिएको क्षेत्रीय सभापति श्यामकृष्ण खडगीले बताउनुभयो ।

May be an image of text

May be an image of diary and text

प्रतिक्रिया दिनुहोस्

Array