तारकेश्वर नगरस्वास्थ्य शाखाद्धारा नेपालटारमा रक्तदान कार्यक्रम आयोजना, २१ जनाले गरे रक्तदान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ फाल्गुन २०८०, शनिबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । फागुन ५ । तारकेश्वर नगरपालिकाको नगरस्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा तारकेश्वर नगरपालिका वडा नं ११ स्थीत शहरी स्वास्थ्य केन्द्र नेपालटारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बिहान ११ बजे देखि ३ बजे सम्म सञ्चालन भएको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेको तारकेश्वर नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुवरले जानकारी दिनुभयो । कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई तारकेश्वर नगरपालिका वडा नं ११ का अध्यक्ष कबिराज बस्नेतले प्रमाणपत्र दिनुभयो ।
रगतको अभाब नहोस भन्नका लागि नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा नगरपालिकाका बिभिन्न वडाहरुमा रक्तदान कार्यक्रम गदै आइरहेको छ ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको पहलमा गत बर्ष तारकेश्वर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी बिच नगरवासीहरुलाई निशुल्क रगत उपलव्ध गराउने सम्बन्धी सम्झौता भएको थियो । सम्झौता पछि तारकेश्वर नगरपालिकाका स्थायीबासीहरुले नेपाल रेडक्रस सोसाइटीको ब्लड बैक बाट रगत लिंदामा कुनै शुल्क तिनुपदैन् । रेडक्रसले सबै बिरामीहरुलाई निशुल्क रगत उपलव्ध गराएपनि रगतको क्रसम्याच लगायतको लागि भने शुल्क लिने गरेको छ । तारकेश्वर नगरपालिकासंगको सम्झौता पछि रेडक्रसले तारकेश्वर नगरपालिकाका स्थायीबासी नागरिकहरुले उपचारका लागि रगत लिंदामा शुल्क भने लिने छैन् ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्