तारकेश्वर नगरस्वास्थ्य शाखाद्धारा पुरानोगुहेश्वरीमा रक्तदान कार्यक्रम आयोजना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ फाल्गुन २०८०, सोमबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । फागुन ७ । तारकेश्वर नगरपालिकाको नगरस्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा तारकेश्वर नगरपालिका वडा नं ४ स्थीत गुहेश्वरी मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बिहान ११ बजे देखि ३ बजे सम्म सञ्चालन भएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेको तारकेश्वर नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुवरले जानकारी दिनुभयो ।
कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई तारकेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष नरेन्द्रदास श्रेष्ठले प्रमाणपत्र दिनुभयो ।
तारकेश्वर नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुवरले छोटो सुचनाको आधारमा उल्लेख्य मात्रामा उपस्थीती जनाएर रक्तदान कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्न सहयोग गरेकोमा जनप्रतिनिधिहरु, रक्तदाताहरु, महिला स्वयमसेवीकाहरु, विद्यालयका प्रधानाध्यापकहरु, टोल सुधार समिति पदाधीकारीहरु, क्लब तथा समुहहरु र स्थानीयवासीहरु लगायतलाई सक्रिय सहभागीताको लागि धन्यवात दिनुभयो । रगतको अभाब नहोस भन्नका लागि नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा नगरपालिकाका बिभिन्न वडाहरुमा रक्तदान कार्यक्रम गदै आइरहेको छ ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको पहलमा गत बर्ष तारकेश्वर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी बिच नगरवासीहरुलाई निशुल्क रगत उपलव्ध गराउने सम्बन्धी सम्झौता भएको थियो । सम्झौता पछि तारकेश्वर नगरपालिकाका स्थायीबासीहरुले नेपाल रेडक्रस सोसाइटीको ब्लड बैक बाट रगत लिंदामा कुनै शुल्क तिनुपदैन् । रेडक्रसले सबै बिरामीहरुलाई निशुल्क रगत उपलव्ध गराएपनि रगतको क्रसम्याच लगायतको लागि भने शुल्क लिने गरेको छ । तारकेश्वर नगरपालिकासंगको सम्झौता पछि रेडक्रसले तारकेश्वर नगरपालिकाका स्थायीबासी नागरिकहरुले उपचारका लागि रगत लिंदामा शुल्क भने लिने छैन् ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्