राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको चौथो दिनको जारी खेलमा एथलेटीक्समा तारकेश्वर लाई थप ५ स्वर्ण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ फाल्गुन २०८०, मंगलवार
1 Min Read
Aa

रबिन थपलिया । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको चौथो दिन जारी खेलमा एथलेटीक्स तर्फ तारकेश्वर नगरपालिकालाई थप चार स्वर्ण पदक प्राप्त भएको छ ।
आज बिहान १०.३० बजे सम्म सम्पन्न एथलेटीक्स खेलमा तारकेश्वरका खेलाडीहरुले ४ स्वर्ण पदक प्राप्त गरेका छन् । दशरथ रंगशालामा जारी खेलमा एथलेटीक्सको १५०० मिटर दौडमा छात्र र छात्रा तर्फ एक÷एक गरि दुई स्वर्ण, ४०० मिटरमा छात्र र छात्रा तर्फ एक÷एक गरी दुई स्वर्ण र १०० मिटरमा छात्रा तर्फ एक स्वर्ण सहित जम्मा ५ स्वर्ण पदक प्राप्त गरेको तारकेश्वर नगरपालिकाको शिक्षा शाखा प्रमुख पदम खत्रीले जानकारी दिनुभयो ।
त्यस्तै एथलेटीक्सको जारी खेलमा १ रजत र २ कास्य पदक समेत प्राप्त गरेको तारकेश्वर नगरपालिकाको शिक्षा शाखाका अधिकृत शन्तोष खनालले जानकारी दिनुभयो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको चौथो दिन सम्म जारी खेलमा १८ स्वर्ण पदक सहित काठमाण्डौं जिल्लाको स्थानीय निकाय मध्य पहिलो स्थानमा रहेको छ । गत बर्ष पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा सहभागीता जनाएको तारकेश्वर नगरपालिका काठमाण्डौं जिल्लाको दोश्रो बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array