अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ फाल्गुन २०८०, मंगलवार
3 Min Read
Aa

काठमाडौं, कास्की, पोखरा महानगरपालिका(३० पावरहाउस स्थितबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ५ ग्रामसहित मकवानपुर हेटौडा उपमहानगरपालिका(१८ हरमाडी बस्ने २९ वर्षीय भिम बहादुर घलानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले ग।१ ख ६०४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
बर्दिया, बाँसगढी नगरपालिका(६ दमौलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय नबिन भन्ने धन बहादुर कठायतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले पैदल आइरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, बाँसगढी नगरपालिका(७ देउडाकलास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ५० मिलिग्रामसहित सोही नगरपालिका(९ माछागढ बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले साइकलयात्री उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न अन्य ४ जनालाई सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, विराटनगर महानगरपालिका(१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम १२ मिलिग्रामसहित भारत घर भएका २१ वर्षीय मो।सल्मानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापा, अर्जुनधारा नगरपालिका(११ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३७ वर्षीया शोभा श्रेष्ठ समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरीले श्रेष्ठको घरको तलासी गर्दा उक्त पदार्थ, मोबाइल ११ थान, नगद ३७ हजार रूपैयाँ, घडी ४ थान, इयरबट २ थान, पावरबैंक १ थानसहित उनीहरूलाई पक्राउ गरेको हो ।
रूपन्देही, कोटहिमाई गाउँपालिका(२ खडैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ४० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धार्थनगर नगरपालिका(६ बस्ने बलिराम बढई र मायादेवी गाउँपालिका(३ बस्ने राम शरण चमार रहेका छन् । ईलाका प्रहरी कार्यालय बेथरी र अस्थायी प्रहरी पोष्ट रम्बापुरबाट खटिएको प्रहरीले लु।५ प ३५८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array