अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ फाल्गुन २०८०, बुधबार
5 Min Read
Aa

काठमाडौं,    धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ८० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने ३९ वर्षीय सविन दाहाल र सोही उपमहानगरपालिका-१ बस्ने २६ वर्षीय विवेक गुप्ता रहेका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले से.५ प २०९६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।   यसैगरी, कैलाली, कैलारी गाउँपालिका-३ शिबरत्नपुरस्थित जंगलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ८० मिलिग्रामसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ गोबरैला बस्ने ३० वर्षीय सिरन चौधरी र २६ वर्षीय देवान चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदर्थसहित पक्राउ गरेको हो ।

 सिरहा, सिरहा नगरपालिका-१७ काली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६३ मिलिग्रामसहित मिर्चैया नगरपालिका-११ सियापुर बस्ने २२ वर्षीय सुरेन्द्र कुमार महरा समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले प्रदेश २-०१-००१ प ५९४६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागूऔषध गाँजा करिब ५४ किलोसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-२ बस्ने २७ वर्षीय राजकुमार स्याङ्बो, २४ वर्षीय पलगु राजकुमार स्याङ्बो र २३ वर्षीय राम कुमार स्याङ्बो रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले ग.२३ प ६४३८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राजकुमार र पलगुको साथबाट करिब ३६ किलो गाँजा र बा.प्र.०३-००५ प ८९८४ नम्बरको मोटरसाइकलमा सवार राम कुमारको साथबाट करिब १८ किलो गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

 कञ्चनपुर, भिमदत्त नगरपालिका-९ ब्रह्मदेब बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम १५ मिलिग्रामसहित भारत बरेली रसोला तालिब हुसेईन महल्ला बस्ने ३५ वर्षीय रहद अहमदलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागूऔषध ब्यूरो महेन्द्रनगर र ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

  यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-७ रेलडण्डी कलुवापुर बस्ने ३० वर्षीय नरेन्द्र चुनारालाई अवैध लागूऔषध चरेश २१ ग्राम ६३ मिलिग्राम र खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले चुनारले आफ्नै घरमा संचालन गरेको नरेन्द्र मदिरा बिक्री केन्द्रबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

   बाँके, राप्तिसोनारी गाउँपालिका-८ गल्लिकटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ६ सय मिलिग्रामसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली घोडाघोडी नगरपालिका-५ बस्ने २७ वर्षीय रमेश बडुवाल र २८ वर्षीय गोपाल बम रहेका छन् । प्रहरी चौकी ढकेरीबाट खटिएको प्रहरीले लु.९४ प १२९१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

  यसैगरी बाँके, बैजानाथ गाउँपालिका-१ राराबस्ति बस्ने २६ वर्षीय रामलाल भन्ने निकेश रावललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित सडकमा हिड्डुल गरिरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

  काठमाडौं, चन्द्रागिरी नगरपालिका-५ दुरसंचारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्रामसहित सोही नगरपालका-५ किसिपडी बस्ने बारा महागढीमाई नगरपालिका-४ घर भएका २४ वर्षीय दिलिप कुमार साहलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 झापा, मेचिनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्रामसहित सोही नगरपालिका-५ घैलाडुब्बा बस्ने २८ वर्षीय मनिष राईलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.२७ प ३८७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक राईलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

            यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array