पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० फाल्गुन २०८०, बिहीबार
1 Min Read
Aa
काठमाण्डौं । जिल्ला सिन्धुपाल्चोक लिसंखुपाखर गा.पा. वडा नं. ०४ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २६ मित्रनगर बस्ने चित्र बहादुर भण्डारीको छोरा बर्ष २३ को टिका बहादुर भण्डारीले टोपेन्द्र घर्ती समेत २ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति रु. १५,००,०००/-( अक्षेरुपी पन्ध्र लाख रुपैयाँ ) लाग्छ, पोर्चुगल पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. १,५०,०००/- ( अक्षेरुपी एक लाख पचास हजार रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटक पटक गरी जम्मा रु. १७,६०,०००/- ( अक्षेरुपी सत्र लाख साठी हजार रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज टिका बहादुर भण्डारीको खोजतलास गर्ने क्रममा मिति २०८०।११।०८ गते अं. १६:०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २६ मित्रनगरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।May be an image of ticket stub and text

प्रतिक्रिया दिनुहोस्

Array