बित्त आयोगको कार्य सम्पादन मुल्यांकनमा तारकेश्वर काठमाण्डौंकै पहिलो नगरपालिका बन्यो, कस्ले कति अंक पाए ?

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० फाल्गुन २०८०, बिहीबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । आर्थिक वर्ष २०७९/०८० को स्थानिय तहको कार्यसम्पादन मूल्यांकनमा काठमाण्डौं जिल्लाका ११ वटा स्थानिय तहमध्ये तारकेश्वर नगरपालिका पहिलो भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार तारकेश्वर नगरपालिकाले ४६.९६ अंक प्राप्त गरी काठमाण्डौं जिल्लाका स्थानीय तहहरुमध्येमा पहिलो बनेको हो ।
एक महानगरपालिका र १० नगरपालिका रहेको काठमाण्डौं जिल्लामा काठमाण्डौं महानगरपालिकालाई समेत कार्य सम्पादन मुल्यांकनमा पछि पारेर तारकेश्वर पहिलो नगरपालिका बनेको हो । कार्य सम्पादन मुल्यांकनमा महानगरपालिका काठमाण्डौं जिल्लाको पाँचौ र कागेश्वरी मनोहरा नगरपालिका अन्तीम बनेका छन् ।
बित्त आयोगको प्रतिबेदन अनुसार टोखा नगरपालिका ४२.३४ अंक सहित दोश्रो, चन्द्रागिरि नगरपालिका ४२.०८ अंक सहित तेश्रो बनेका छन् । गोकर्णेश्वर नगरपालिकाले ३९.०४ , काठमाण्डौं महानगरपालिकाले ३९.०२, दक्षिणकाली नगरपालिका ३८.१५, शंखरापुर नगरपालिका ३७.६२, बुढानिलकण्ठ नगरपालिका ३४.३१, नाजार्गुन नगरपालिका ३२.९८ , किर्तिपुर नगरपालिका २८.२२, अंक र कागेश्वरी मनहरा नगरपालिका २६.७१ अंक प्राप्त गरेका छन् ।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ । जसमा असार १० भित्र बजेट पेस गरे÷नगरेको, असार मसान्तभित्र बजेट पारित गरे/नगरेको, आय–व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको, बजेटको वार्षिक समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार मूल्यांकन गरिएको छ ।
त्यस्तै, आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।

No description available.

देशैभरका स्थानीय निकायले कति अंक पाए ? हेर्न यहाँ क्लिक गर्नुहोला  https://nnrfc.gov.np/uploads/resources/2024-02-20/%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%BE%E0%A4%A6%E0%A4%A8_%E0%A4%AE%E0%A5%82%E0%A4%B2%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%99%E0%A5%8D%E0%A4%95%E0%A4%A8_%E0%A4%B5%E0%A4%BE%E0%A4%AA%E0%A4%A4_%E0%A4%85%E0%A4%99%E0%A5%8D%E0%A4%95_%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A5%80_%E0%A4%B5%E0%A4%BF%E0%A4%B5%E0%A4%B0%E0%A4%A31.pdf

प्रतिक्रिया दिनुहोस्

Array