दक्षता अभिवृद्धिका लागि ६० जनालाई ट्राफिक नियन्त्रण तालिम सञ्चालन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० फाल्गुन २०८०, बिहीबार
4 Min Read
Aa

काठमाडौं,  ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ६० जना प्रहरी कर्मचारीहरूका लागि ट्राफिक नियन्त्रण तालिम सञ्चालन गरेको छ । ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा संचालित ट्राफिक नियन्त्रण १५१ औं समूहको तालिमको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले सोही कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो ।     सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले सडकमा सवारी साधनको चापलाई व्यवस्थापन, सहज आवागमन र दुर्घटना न्यूनीकरण गर्नलाई आवश्यक व्यावसायिक ज्ञान, सीप, कौशल तालिममा प्रदान गरिने बताउनुभयो । यस प्रशिक्षणमा प्रशिक्षार्थीहरूले बढीभन्दा बढी उत्सुक तथा सक्रिय भई तालिम हासिल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।       कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर थापाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ११ जना  र प्रहरी जवान ४७ जना गरी कुल ६० जना प्रशिक्षार्थीहरु सहभागी रहेको जानकारी दिनुभयो ।

वैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ

झापा, बिर्तामोड नगरपालिका-५ भद्रपुर रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम र मोबाइल १ थानसहित सोही ठाउँ बस्ने २० वर्षीय राज राजवंशीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ८० मिलिग्रामसहित लम्कीचुहा नगरपालिका-४ घर भएका २३ वर्षीय आरोन थापालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-४ पुरानो बसपार्कबाट अवैध लागूऔषध चरेश १ सय २९ ग्राम ६७ मिलिग्राम, नगद ८२ हजार ७ सय २५ रूपैयाँ र तौल गर्ने काँटा १ थानसहित सोही ठाउँ बस्ने ७४ वर्षीय शेर सिंह धामीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको पसल र घरको तलासी गर्ने क्रममा उक्त परिमाणको चरेश फेला पारी उनलाई पक्राउ गरेको हो ।    यसैगरी कञ्चनपुर, पुनर्वास नगरपालिका-४ कार्गिलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्रामसहित कैलाली गोदावरी नगरपालिका-८ स्याउले बस्ने २१ वर्षीय बिरेन्द्र कठायतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।     यसैगरी कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्रामसहित बैतडी पाटन नगरपालिका-६ बस्ने २६ वर्षीय कमल भण्डारीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

रूपन्देही, बुटवल उपमहानगरपालिका-१० राजमार्ग चौराहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय मिलिग्रामसहित  सोही उपमहानगरपालिका-१० कालिकानगर बस्ने २५ वर्षीय प्रविन थापालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट चौराहाबाट खटिएको प्रहरीले लु.८३ प ५२२८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार थापालाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्रामसहित भारत बिहार घर भएका २७ वर्षीय सुभाष मुखियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array