सेन्टर अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली   

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० फाल्गुन २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं,  संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि CENTRAL AFRICAN REPUBLIC मा तैनाथ United Nations Multidimensional Integrated Stabilization Mission in the Central African Republic (MINUSCA) मा सहभागी श्री भवानीबक्स गण (शा.से.), पाँचौं डफ्फालाई बदली गर्नको लागि श्री दि फेमश महिन्द्रदल गण (शा.से.), छैठौं डफ्फाका ११७ जना नेपाली शान्ति सैनिकहरू      सेनानी दिपेश राना मगरको नेतृत्वमा UN Chartered Flight मार्फत मिति २०८० फाल्गुण ०९ गते काठमाडौँबाट मिसन इलाका प्रस्थान गरेका छन् ।    यस्तै, सो मिसनमा कार्यरत रही आफ्नो कार्यकाल सम्पन्न गरेका ११६ जना नेपाली शान्ति सैनिकहरू सेनानी आदित्य कार्कीको नेतृत्वमा मिति २०८० फाल्गुण ०८ गते स्वदेश फर्किएका      छन् ।        हाल उक्त मिसनमा नेपाली सेनाका १२४१ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

Array