तारकेश्वरमा फागुन १३ गते देखि दादुरा/रुवेला खोप अभियान सुरु हुंदै, ४१ हजार बालबालिकालाई खोप लगाइने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ फाल्गुन २०८०, शनिबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकामा फागुन १३ गते देखि दादुरा/रुवेला खोप अभियान सुरु हुने भएको छ ।
नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अनुसार फागुन १३ गते देखि चैत्र ७ गते सम्म तारकेश्वर नगरपालिका भित्र बसोबास गर्ने ९ महिना देखि १५ बर्ष सम्मका ४१ हजार ४ सय ६४ जना बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको तारकेश्वर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख बिनोद कुमार शाहले बताउनुभयो ।
खोप कार्यक्रमका लागि तारकेश्वर नगरपालिकाको सम्बन्धीत वडाका स्वास्थ्य संस्थाहरु मार्फत उक्त वडाका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत बालिबालिकाहरुलाई विद्यालयमानै पुगेर खोप लगाउने कार्यक्रम रहेको तारकेश्वर नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुंवरले बताउनुभयो । खोप कार्यक्रमका लागि वडाको स्वास्थ्य संस्था मार्फत २ जना खोप कार्यकर्ता, १/१ जना सम्बन्धीत स्वास्थ्य संस्थाको कर्मचारी र स्वयमसेवीका, १ जना सम्बन्धीत विद्यालयका शिक्षक परिचालन हुने छन् ।
खोप कार्यक्रमको पुर्वसन्ध्यामा तारकेश्वर नगर स्वास्थ्य शाखाले वडाअध्यक्षहरु, नगर तथा वडा स्तरीय खोप समन्वय समिति, नगरपालिकाका स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेवीकाहरु, विद्यालयका प्रधानाध्यापकहरु र कार्यक्रममा खटिने स्वयमसेवक शिक्षकहरुलाई प्रशिक्षण समेत दिइसकेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक कुंवरले बताउनुभयो ।
कार्यक्रममा नगरभित्र बसोबास गर्ने बालबालिकाहरु नछुटुन भन्नका लागि प्रत्यक वडाहरुमा माइकिङ, पोष्टर टाँस गर्ने कार्यक्रम समेत रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
यसै बिच खोप कार्यक्रमका बारेमा तारकेश्वर नगर स्वास्थ्य शाखाले पत्रकारहरुलाई समेत प्रशिक्षण गराएको छ । तारकेश्वर नगर स्वास्य शाखाको आयोजनामा धर्मस्थलीमा शुक्रबार  पत्रकारहरुलाई नगर स्वास्थ्य शाखाले प्रशिक्षण गरेको छ । प्रशिक्षण कार्यक्रममा तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले खोप अभियानको बारेमा पत्रकारहरुलाई जानकारी गराँउदै सञ्चार माध्यमबाट यस अभियानमा सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
प्रशिक्षण कार्यक्रममा तारकेश्वर नगरपालिकाको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुंवर, स्वास्थ्य शाखाकी सि अनमी निरिक्षक राधा थपलिया, नगर स्वास्थ्य शाखाका सि अहेब भरत पाण्डे र हेल्थ असिस्टेन्ट शन्तोष ढकाल लगायतको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array