एक महिने स्वस्थानी ब्रत आज समापन गरिंदैछ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ फाल्गुन २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज समापन गरिंदैछ । आजभन्दा एक महिनाअघि अर्थात् पौष शुक्ल पूर्णिमादेखि श्री स्वस्थानी व्रतकथा शुरु भएको थियो । ब्रत समाप्तिको अवसरमा आज काठमाडौंको साँखुको शालीनदीमा व्रतालुहरूको विशेष भीड लाग्ने गरेको छ । यसका साथै देशका विभिन्न जलाशययुक्त स्थानमा पनि श्रद्धालु भक्तजनहरूको भीड हुने गरेको छ । हात गोडाका नङ काटी नुहाइधुवाइ, शुद्ध चोखो लुगा लगाई सक्नेले एक महिनासम्म र नसक्नेले शुरु र आज अन्तिमदिनमा व्रत लिन्छन् ।

रातो पहिरन, सिन्दूर र हातमा रातो चुरामा सजिएकी विवाहिता महिलाले आफ्नो श्रीमान्‌को दीर्घायु तथा सम्पन्नताको कामना गर्दछन् भने अविवाहिताले श्री बृद्धि तथा राम्रो भविष्य तथा सुयोग्य वरको कामना गर्दै व्रत बस्ने गर्दछन् । धार्मिक रूपमा एक महिनासम्म मनाइने, स्वस्थानी देवीको कथा वाचन तथा श्रवण गरिने, विधि विधान अनुसार व्रत आरम्भ गर्ने तथा समापन गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array