तारकेश्वरमा स्थायी बसोबास गर्ने अपांगता भएकाहरुलाई नयाँ ढाँचाको परिचयपत्र लिन नगरपालिकाको आग्रह

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ फाल्गुन २०८०, सोमबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकामा स्थायी बसोबास गर्ने अपांगता भएकाहरुलाई पुरानो अपांगता परिचयपत्र बुझाएर नयाँ ढाँचाको अपांगता परिचयपत्र लिन नगरपालिकाले आग्रह गरेको छ ।
तारकेश्वर नगरपालिका, महिला बालबालिका तथा समाज कल्याण शाखाले २०७५ साल माघ २१ महिना अगाडी प्राप्त गरेको पुरानो अपांगता परिचयत्र नगरपालिकालाई बुझाएर नयाँ ढाँचाको परिचयपत्र लिन आग्रह गरेको हो ।
अपांगता भएका व्यक्तिहरुको परिचयपत्र बितरण कार्यविधि २०७५, नगरपालिकाबाट २०७५ माघ २१ गते प्रमाणीकरण भई लागुभएको र सो कार्यविधिको परिच्छेद ५ को दफा १२ को उपदफा ६ मा भएको व्यवस्था अनुसार कार्यविधि लागुहुनु अगाडी प्राप्त भएको अपांगता परिचयपत्र नगरपालिकालाई बुझाएर नयाँ ढंगको परिचयपत्र लिनुपर्ने व्यवस्था रहेकाले पुरानो परिचयपत्र बुझाउन अनुरोध गरिएको तारकेश्वर नगरपालिका, महिला बालबालिका तथा समाज कल्याण शाखाकी प्रमुख प्रतिमा मिश्रले बताउनुभयो ।
शाखाले २०७५ माघ २१ गते पछाडी तारकेश्वर नगरपालिकाबाट परिचयपत्र प्राप्त गरेका अपांगता भएकाहरुले भने नयाँ परिचयपत्र लिनु नपर्ने जनाएको छ ।
नयाँ अपांगता परिचयपत्र कसरी लिने ? के के कागजपत्र आवश्यक पर्छ ?

No description available.

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array