अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ फाल्गुन २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं,  झापा, भद्रपुर नगरपालिका-५ स्थित मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ६० मिलिग्रामसहित अर्जुनधारा नगरपालिका-८ बस्ने २१ वर्षीय अजय राजबंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४७ मिलिग्रामसहित खोटाङ खोटेहाङ गाउँपालिका-८ बस्ने १९ वर्षीय शिशिर थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोकेबजार सिमा नाकास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने २६ वर्षीय सुरज शाहीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 दाङ, लमही नगरपालिका-५ हस्पिटल चोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९६ मिलिग्रामसहित सोही नगरपालिका-६ देउपुर बस्ने २२ वर्षीय सरोज नेपालीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array