प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ फाल्गुन २०८०, मंगलवार
0 Min Read
Aa

काठमाडौं, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित दश जनालाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । “दश जनालाई नियन्त्रणमा लिएका छौँ”, उहाँले भन्नुभयो, “अहिले छानबिन जारी छ । छानबिन सकिएपछि सबैको नाम सार्वजनिक गछौँ ।” रासस

प्रतिक्रिया दिनुहोस्

Array