अनुगमन तथा मूल्याङ्कन विधेयक, २०८० पारित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ फाल्गुन २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले अनुगमन तथा मूल्याङ्कन विधेयक, २०८० लाई पारित गरेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले प्रस्तुत गर्नुभएको अनुगमन तथा मूल्याङ्कन विधेयक सभाको बहुमतले पारित गरेको हो । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवीको तर्फबाट खानेपानी मन्त्री महेन्द्र राय यादवले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत भएको छ । यसैगरी, बैठकमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिका सदस्यको नाम हेरफेर गरिएको जानकारी गराउनुभयो । यस्तै, बैठकमा परराष्ट्र मन्त्री एन.पी साउदले विमस्टेक बडापत्र प्रस्तुत गर्नुभयो । यसअघि, बैठकको विशेष समयमा सांसदहरुले संसद्मा उठेका विषयमा सरकार गम्भीर बन्नुपर्ने, जनताका समस्या समाधान गर्न सरकार जिम्मेवार बन्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।  प्रतिनिधिसभाको अर्को बैठक फागुन २१ गते सोमबार बिहान ११ः०० बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

Array