तारकेश्वर नगरपालिकाद्धारा प्रकाशीत तारकेश्वर परिदृश्यको बिमोचन तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ फाल्गुन २०८०, शनिबार
6 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाद्धारा प्रकाशीत तारकेश्वर परिदृश्य पुस्तकको बिमोचन तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तारकेश्वरलाई पदक दिलाउने खेलाडी र प्रशिक्षक लगायतलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ ।
नेपाली कलाकारीता क्षेत्रका सम्मानीत व्यक्तित्व मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा शुक्रबार टुसालमा आयोजना गरेको भव्य कार्यक्रममा तारकेश्वर नगरपालिकाद्धारा प्रकाशित तारकेश्वर परिदृष्य पुस्तकको बिमोचन तथा खेलाडी, प्रशिक्षक र खेल संयोजक लगायतलाई सम्मान गरिएको हो ।

May be an image of 5 people, dais and text
पुस्तकमा तारकेश्वरको धार्मिक, संस्कृतिक, ऐतिहाँसिक, पर्यटकीय एवं बिभिन्न पुर्वाधारहरु र भोलीको तारकेश्वरको परिकल्पना सहित शव्द तथा तस्वीरहरु समावेश छन् ।
सो अवसरमा नगरपालिकाले १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक बिजेता खेलाडीलाई जनही रु ५ हजार, रजत पदक बिजेता खेलाडीलाई जनही रु ३ हजार र कास्य पदक बिजेता खेलाडीलाई जनही रु २ हजार नगद र प्रमाणपत्र सहित सम्मान गरेको हो । त्यस्तै भलिबल खेलमा बिजेता खेलाडी समुहलाई रु ३० हजार र रिले दौडमा बिजेता खेलाडी समूहलाई रु १२ हजार नगद सहित सम्मान गरिएको छ ।

May be an image of 1 person, dais, temple and text that says 'र परिद्श्य पुस्तक था खेलाडी सम्मान करम'
काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा केहि समय अघि भएको प्रतियोगितामा काठमाण्डौं महानगरपालिका सहित काठमाण्डौंका ११ स्थानीय निकायलाई पछी पादै तारकेश्वर नगरपालिकाले उपाधी जितेको थियो ।

May be an image of 3 people, dais and text
खेलाडीलाई सम्मान गदै नेपाली कलाकारीता क्षेत्रका सम्मानीत व्यक्तित्व बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले तारकेश्वर आफ्नो जन्म भूमि रहेकाले हरेक क्षेत्रमा तारकेश्वर पहिलो भएको देख्न चाहेको बताँउदै राष्ट्रपति रनिङ शिल्डमा बिजेता बनेर इतिहाँस रचेकोमा तारकेश्वरलाई बधाई दिनुभयो । उहाँले भन्नुभयो “म तारकेश्वरमै जन्मीएको भएर मलाई तारकेश्वर सबै कुरामा पहिलो भएको देख्न मन छ, किनकी सबै क्षेत्रमा तारकेश्वरले उत्कृष्ट भएर नाम राख्न सफल भयो भने तारकेश्वर त मदनकृष्ण श्रेष्ठ जन्मीएको ठाँउ हो नि भनेर धेरैले मेरो नाम लिने छन्”
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा काठमाण्डौं जिल्लाकै पहिलो बनेर तारकेश्वरले खेलकुदमा इतिहाँस रच्न सफल भएको बताँउदै बिना स्वार्थ तारकेश्वरलाई पदक दिलाउन लागि पर्ने खेलाडी, खेल प्रशिक्षक, खेल संयोजक लगायत सबैलाई धन्यवात दिनुभयो ।
गतबर्ष पहिलो पटक सहभागी भएको तारकेश्वर दोश्रो र यस पटक १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा काठमाण्डौं जिल्लाकै पहिलो बन्नुले तारकेश्वरको खेल क्षेत्र सबल रहेको प्रमाणीत भएको बताँउदै नगरप्रमुख महर्जनले यो खुसीको क्षणमा सम्बद्ध खेलाडी, प्रशिक्षक लगायतलाई सम्मान गर्न पाँउदा खुसीले गदगद भएको बताउनुभयो ।
तारकेश्वर नगरपालिकाले खेलकुद क्षेत्रको बिकासका लागि चाँडैनै खेलकुद समिति बनाउन लागि रहेको बताँउदै नगरप्रमुख महर्जनले उक्त समितिमा नगरपालिका भित्रका सबै खेलको प्रतिपिनधित्व रहने बताउनुभयो ।
नगरप्रमुख महर्जनले बिमोचन भएको तारकेश्वर परिदृश्य नगरबासीको भाबना र मागलाई सम्बोधन गदै नगरपालिकाको समग्र पक्षहरुको ऐनको रुपमा प्रकाशन गरेको बताउनुभयो । उहाँले भन्नुभयो “हामीले हिजो जे बोलेका थियौं, जितेर आएपछि त्यही गरेका पनि छौं, हिजोका प्रतिबद्धता, आजका काम र भोलीको परिकल्पना सहित तारकेश्वर परिदृश्य प्रकाशन भएको छ”

May be an image of 1 person and text
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले तारकेश्वरलाई जिल्लाकै पहिलो पदक दिलाउन रातदिन मेहनत गर्ने खेलाडी र प्रशिक्षकहरु प्रति उच्च सम्मान रहेको बताँउदै सबैलाई धन्यवात दिनुभयो ।
तारकेश्वर परिदृश्य तारकेश्वर नगरपालिकाको इतिहाँसमै पहिलो उत्कृष्ट पुस्तक रहेको बताँउदै उपप्रमुख बुर्लाकोटीले तारकेश्वर परिदृश्य सबैको गर्वको बिषय रहेकाले सबै गौरवान्वीत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ८ का अध्यक्ष श्यामकृष्ण सापकोटाले तारकेश्वर नगरपालिकालाई १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामामा बिजेता बनाउने खेलाडी, प्रशिक्षक सहित खेल क्षेत्रलाई धन्यवात दिनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकालाई १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बिजेता बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने खेलकुद संयोजकहरु, तारकेश्वर नगरपालिकाको युवा तथा खेलकुद शाखा प्रमुख पदम बहादुर खत्री सहित कर्मचारीहरु, तारकेश्वरलाई बिभिन्न क्षेत्रबाट चिनाउन सफल व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
तारकेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष राधाकृष्ण खडगीले सञ्चालन गर्नुभएको कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त, तारकेश्वर विकास प्राधिकरणका उपाध्यक्ष डा. कृष्ण बहादुर घिमिरे, नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश ख का सभापति बिष्णुभक्त तिमिल्सीना, नेकपा माओबादी केन्द्र तारकेश्वरका संयोजक जगन्नाथ राजवाहक, राप्रपा तारकेश्वर नगरसंयोजक बसन्त बस्नेत, तारकेश्वर नगरपालिकाको वडा नं १ का अध्यक्ष बिदुर सापकोटा, वडा नं ३ का अध्यक्ष परशुराम अर्याल, वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, वडा नं ७ का अध्यक्ष सानुकाजी खत्री, वडा नं ८ का अध्यक्ष श्यामकृष्ण सापकोटा, वडा नं ९ का अध्यक्ष श्यामकृष्ण महर्जन, वडा नं १० का अध्यक्ष कुमार राई, वडा नं ११ का अध्यक्ष कबिराज बस्नेत, कार्यपालीका सदस्य अञ्जु बस्नेत, तारकेश्वर न्यायीक समितिका सदस्य मिरा थापा, तारकेश्वर नगर प्याव्सनका अध्यक्ष धनबहादुर पुन, हिमरश्मी स्कुलका प्रधानाध्यापक लोकेन्द्र बहादुर खडका, लालिगुराँस स्कुलका प्रिन्सीपल गोपाल बहादुर खडका, तारकेश्वर नगरशिक्षा समितिका सदस्य एवं मनमैजु मा.विकी प्र.अ रबिना महर्जन लगायतको उपस्थीति रहेको थियो ।

May be an image of 7 people, temple, dais and text

May be an image of 4 people, dais and textMay be an image of 4 people, dais and textMay be an image of 5 people, dais and text

May be an image of 1 person and text that says 'ality'

May be an image of 7 people, people studying and text

May be an image of 4 people, dais and text

May be an image of 5 people, dais and text

May be an image of 4 people, dais and text

May be an image of 4 people, dais and text

May be an image of 5 people, crowd and text

May be an image of 6 people, dais and text

May be an image of 6 people and text

May be an image of 4 people and text

May be an image of 5 people, dais and text

May be an image of 4 people, dais and text

dfdff

 

हाम्रो अनुरोध : कुनै पनि सञ्चार माध्यमले उत्पादन गर्ने समाचार र तस्वीरहरु उसको सम्पत्ती हो । उसको अनुमती बेगर ति सामग्री हुबहु प्रकाशन गर्नु र तोडमोड गरेर प्रकाशन गर्नु प्रतिलिपि अधिकार ऐन बिरुद्धको हुने गर्दछ । तसर्थ सगरमाथा पोष्ट डट कम मा प्रकाशीत समाचारलाई बिना अनुमती कपी पेष्ट गर्ने, तोडमोड गरेर प्रकाशीत गर्ने, तस्वीरहरुको अनधीकृत प्रयोग र भिडियोको स्रोतलाई हटाएर आफ्नै सामग्री झै बिभिन्न ठाँउहरुमा प्रयोग गरिएको पाईएमा प्रतिलिपी अधिकार ऐन अनुसार सम्बन्धीत निकाय मार्फत कानुनी उपचार खोजीने भएकाले उक्त कार्यहरु नगर्नुहुन अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

Array