उपत्यका मेयर फोरमको बैठकमा नगरप्रमुखहरुलेनै गरे तारकेश्वरको काम कारबाहीको प्रशंसा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ फाल्गुन २०८०, शनिबार
6 Min Read
Aa

रबिन थपलिया ।  काठमाण्डौं । काठमाण्डौं उपत्यकाका मेयर फोरमको बैठक शुक्रबार तारकेश्वरमा सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिकाको व्यवस्थापनमा टुसाल मल्टीभेन्युमा भएको बैठकमा सहभागी उपत्यकाका मेयरहरुलेनै पछिल्लो समयमा तारकेश्वर नगरपालिका धेरै क्षेत्रमा उत्कृष्ट नतिजा हाँसील गर्न सफल भएकोमा प्रशंसा गरेका छन् ।

No description available.
उपत्यका मेयर फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले तारकेश्वर नगरपालिकाले प्राप्त गरेको सफलता सबैको गौरबको बिषय रहेको बताँउदै तारकेश्वरमा भएका असल अभ्यासलाई सबैले आ–आफ्नो पालिकामा लैजानुपर्ने बताउनुभयो ।
महानगर प्रमुख महर्जनले तारकेश्वर नगरपालिकाको सफलता इभेन्ट मेनेजमेन्टको उत्कृष्ट नतिजा रहेको बताँउदै तारकेश्वरका नगरप्रमुख कृष्ण हरी महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तको स्मार्टनेशको फ्युजनका कारण नगरपालिकाले धेरै क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो ।
बैठकमा सहभागी सूर्यबिनायक नगरपालिकाका प्रमुख एवं मेयर फोरमका उपाध्यक्ष बासुदेव थापा तथा चन्द्रागिरी नगरपालिकाका प्रमुख एवं मेयर फोरमका महासचिब घनश्याम श्रेष्ठले तारकेश्वर नगरपालिकामा भएका असल अभ्यासहरु सबै नगरपालिकाहरुले अनुसरण गर्नुपर्ने बताउनुभयो ।

No description available.
बैठकमा तारकेश्वर नगरपालिकाका प्रमुख एवं उपत्यका मेयर फोरमका कोषाध्यक्ष कृष्ण हरि महर्जनले संघिय सरकारले बित्तिय समानीकरणको अनुदान कटौती गर्दा बिकास निर्माणमा प्रत्यक्ष असर परेको बताँउदै मेयर फोरमका सबै सदस्य एकजुट भएर सरकारले यस बिषयमा ध्यानार्कषण गराउनुपर्ने बताउनुभयो । कोषाध्यक्ष महर्जनले मेयर फोरमको बिधान संशोधनको बिषयमा महत्वपुर्ण छलफल भएको बताँउदै यस बिषयमा आगामी बैठकले टुंगो लगाउने बताउनुभयो ।
नगरप्रमुख महर्जनले तारकेश्वर नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ लाई खानेपानी बर्षको रुपमा मनाउन लागीएको बताँउदै त्यसका निम्ती आधा बजेट खर्च गरिने बताउनुभयो ।
नगरपालिकाको बिकास निर्माणका निम्ती आन्तरीक आयको महत्वपुर्ण भुमिका रहने बताँउदै नगरप्रमुख महर्जनले आगामी आर्थिक बर्षमा आधा अर्व राजश्व उठाउने लक्ष्य सहित नगरपालिका अगाडी बढेको बताउनुभयो ।
मेयर फोरमको बैठकमा नगरप्रमुख महर्जनले तारकेश्वर नगरपालिकालाई शैक्षिक हबको रुपमा बिकास गर्न चाहिरहेको बताँउदै थ्रिपी मोडलमा तारकेश्वर युनिर्भसीटीमा जानका लागि बिज्ञहरुसंग कुरा भइरहेको बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले उपत्यकाको मेयरहरुलाई तारकेश्वरमा स्वागत गर्न पाँउदा खुसी लागेको बताँउदै साझा बिषयमा सहकार्य गरेर अगाडी बढन पाँउदा खुसी लागेको बताउनुभयो ।
तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले सञ्चालन गर्नुभएको कार्यक्रममा तारकेश्वर नगरपालिकाका राजश्व शाखा प्रमुख एवं सुचना अधिकारी सागर अर्यालले तारकेश्वर नगरपालिकाको कामकारबाहीको बारेमा विशेष प्रस्तुती राख्नुभएको थियो ।

No description available.

No description available.बैठकको पहिलो सत्रमा तारकेश्वर नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य र कर्मचारीहरुले उपत्यका मेयर फोरमका पदाधीकारीहरु तथा सदस्यहरुलाई तारकेश्वरमा स्वागत गदै बैठकको सफलताको कामना गर्नुभएको थियो ।
बैठकमा सहभागी मेयर सूर्यबिनायक नगरपालिकाका प्रमुख एवं मेयर फोरमका उपाध्यक्ष बासुदेव थापा, चन्द्रागिरी नगरपालिकाका प्रमुख एवं मेयर फोरमका महासचिब घनश्याम श्रेष्ठ, टोखा नगरपालिकाका प्रमुख एवं मेयर फारमका सचिब प्रकाश अधिकारी, तारकेश्वर नगरपालिकाका प्रमुख एवं मेयर फारमका कोषाध्यक्ष कृष्ण हरि महर्जन, मध्यपुर थिमी नगरपालिकाका प्रमुख एवं मेयर फारमका सहसचिब सुरेन्द्र श्रेष्ठ, काठमाण्डौं महानगरपालिकाका उपप्रमुख एवं मेयर फारमका सदस्य सुनिता डंगोल, गोदावरी नगरपालिकाका प्रमुख एवं मेयर फारमका सदस्य गजेन्द्र महर्जन, गोकणेश्वर नगरपालिकाका प्रमुख एवं मेयर फारमका सदस्य दिपक कुमार रिसाल, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख एवं मेयर फारमका सदस्य मिठाराम अधिकारी, ललितपुर महानगर उपप्रमुख एवं मेयर फारमका सदस्य मञ्जली शाक्य, गोदावरी नगरपालिका उपप्रमुख मुना अधिकारी, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन, किर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्य, कागेश्वरी मनहरा नगरपालिकाकी उपप्रमुख शान्ता थापा, गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामा, चन्द्रागिरी नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठ, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, दक्षिणकाली नगरपालिकाकी उपप्रमुख बसन्ती तामाङ डंगोल, बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा, महांकाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा मायाँ गोलेको उपस्थीति रहेको थियो ।

No description available.

No description available.

यि हुन यस आर्थिक बर्षमा तारकेवरले प्राप्त गरेको महत्वपुर्ण सफलता, जस्का कारण मेयरहरुले तारकेश्वरको प्रशंसा गरे

तारकेश्वर नगरपालिकाले यस आर्थिक बर्षमा काठमाण्डौं उपत्यकाका ११ स्थानीय निकायहरुलाई पछि पादै मुख्य ४ वटा बिषयमा महत्वपुर्ण सफलता प्राप्त गर्न सफल भएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दोश्रो पटक सहभागी भएको तारकेश्वर नगरपालिकाले काठमाण्डौं जिल्लामानै पहिलो बनेर उपाधी जितेको छ भने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७९÷०८० को स्थानिय तहको कार्यसम्पादन मूल्यांकनमा काठमाण्डौं जिल्लाका ११ वटा स्थानिय तहमध्ये तारकेश्वर नगरपालिका पहिलो भएको छ । बित्त आयोगको प्रतिबेदन अनुसार तारकेश्वर नगरपालिका ४६.९ अंक सहित पहिलो, टोखा नगरपालिका ४२.३४ अंक सहित दोश्रो, चन्द्रागिरि नगरपालिका ४२.०८ अंक सहित तेश्रो बनेका छन् । तारकेश्वर नगरपालिकाले बित्त आयोगलाई थप केहि प्रमाणका आधार सहित पेश गरेकाले अझै केहि अंक बढन सक्ने तारकेश्वर नगरपालिकाका सुचना अधिकारी सागर अर्यालले बताउनुभयो ।
त्यस्तै स्थानीय तह संस्थागत स्व मुल्यांकन (लिजा) मा तारकेश्वरले ८८.५ अंक सहित काठमाण्डौं जिल्लामानै पहिलो र स्थानीय तहको वित्तिय जोखिम मुल्यांकन (एफ आरए) ८७.५ मा पनि तारकेश्वर काठमाण्डौं जिल्लामानै उत्कृष्ट नगपालिका घोषीत बन्यो । स्थानीय तहको वित्तिय जोखिम मुल्यांकन (एफ आरए) मा पहिलो बनेसंगै तारकेश्वर नगरपालिकाले आर्थिक बर्ष २०८१÷८२ समानीकरण अनुदानमा केन्द्रीय सरकारबाट अघिल्लो आर्थिक बर्षको भन्दा २ करोड बढी रकम प्राप्त गर्नेछ । तारकेश्वरले चालु आ.वमा केन्द्रीय सरकारबाट समानीकरण अनुदानबापत रु २० करोड ४७ लाख प्राप्त गरेको छ ।

 

हाम्रो अनुरोध : कुनै पनि सञ्चार माध्यमले उत्पादन गर्ने समाचार र तस्वीरहरु उसको सम्पत्ती हो । उसको अनुमती बेगर ति सामग्री हुबहु प्रकाशन गर्नु र तोडमोड गरेर प्रकाशन गर्नु प्रतिलिपि अधिकार ऐन बिरुद्धको हुने गर्दछ । तसर्थ सगरमाथा पोष्ट डट कम मा प्रकाशीत समाचारलाई बिना अनुमती कपी पेष्ट गर्ने, तोडमोड गरेर प्रकाशीत गर्ने, तस्वीरहरुको अनधीकृत प्रयोग र भिडियोको स्रोतलाई हटाएर आफ्नै सामग्री झै बिभिन्न ठाँउहरुमा प्रयोग गरिएको पाईएमा प्रतिलिपी अधिकार ऐन अनुसार सम्बन्धीत निकाय मार्फत कानुनी उपचार खोजीने भएकाले उक्त कार्यहरु नगर्नुहुन अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

Array