जितपुरफेदी वडा स्तरीय पशुपालन समितिको पहिलो साधारण सभा सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ फाल्गुन २०८०, शनिबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ३ स्थीत जितपुरफेदी वडा स्तरीय पशुपालन समितिको पहिलो साधारण सभा सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ३ को तिनपिप्ले महिला कृषी सहकारीको भबनमा आयोजना गरिएको समितिको साधारणसभालाई वडा नं ३ का अध्यक्ष परशुराम अर्यालले दिपप्रज्वलन गरी उदघाटन गर्नुभयो ।
साधारण सभालाई उदघाटन गदै वडा नं ३ का अध्यक्ष परशुराम अर्यालले वडा भित्रका धेरै किसानहरु कृषि र पशुपन्छी पेशामा आबद्ध रहेको बताँउदै उनिहरुको पेशागत सुरक्षाका लागि वडा तथा नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो ।
साधारण सभाको बन्द सत्रमा समुहका अध्यक्ष भिमसेन फुंयालले सांगठनीक कार्य प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रथम बार्षिक साधारण सभाले ३ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । वडा नं ३ का अग्रज पशुपन्छी व्यवसायी हरिशरण घिमिरेको संयोजकत्वमा वडा सदस्य रिता अर्याल सहितको सल्लाहकार समिति समेत गठन गरेको छ ।
साधारण सभामा तारकेश्वर नगरपालिकाको पशुपन्छी विकास शाखा प्रमुख धनीपत राय यादब, तारकेश्वर नगरपालिका पशुपन्छी शाखाका पशु चिकित्सक चन्द्र घिमिरे लगायतको उपस्थीति रहेको थियो ।
गत बर्ष तारकेश्वर नगरपालिका वडा नं ३ ले पशुनश्ल सुधार कार्यक्रम अन्तगर्तको रु ३ लाख बजेटबाट किसानहरुलाई तालिम तथा बिपन्न १३ जना किसानहरुको लागि १३ वटा बाख्रा बितरण गरिएको थियो । गत बर्ष बितरण गरिएका बाख्राहरुले पाठापाठी समेत पाएकाले किसानहरु खुसी रहेको बताए । त्यस्तै तारकेश्वर नगरपालिकाको बाख्रा पैचो कार्यक्रमबाट पशुपन्छी शाखाले गत बर्ष उक्त समुह अन्तर्गत आबद्ध २ वटा समुहका १० जना किसानलाई १० वटा बाख्रा बितरण गरिएको शाखाका पशुचिकित्सक चन्द्र घिमिरेले बताउनुभयो ।
जितपुरफेदी वडा स्तरीय पशुपालन समिति अन्तर्गत ६ वटा पशुपालन समुह, ३ वटा बाख्रा विकास समुह रहेको छ । हरेकमा ९ देखि १५ गरी करिब ३ सय किसान उक्त समितिमा आबद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array