ओलम्पिक क्वालीफाईड बक्सिड प्रतियोगितामा चन्द्र थापाको विजयी शुरुवात

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ फाल्गुन २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं । आगामी अगस्तमा फान्सको पेरिसमा हुन गईरहेको ३३औ ग्रीस्म कालीन ओलम्पिकका लागि यहि मार्च ३ देखि ११ तारिख सन २०२४ ईटलीको बुस्टो आरिस्जीयो, मिलान शहरमा भईरहेको ओलम्पिक क्वालीफाईङ बक्सिङ प्रतियोगितामा नेपाली खेलाडी चन्द्र बहादुर थापाले पुरुष ५१ किलो तौल समुहमा ताजकिस्तानका शाफिएभ मेहरोनलाई ३M२ को स्पिलिट डिसिजनको आधारमा पराजित गर्दै पहिलो विजयी शुरुवात गरेका छन् ।   थापाको अर्को भिडन्त भियतनाम र क्यानडाविचका विजयी खेलाडीसंग हुनेछ । भने अर्का नेपाली खेलाडी अन्जली तेलीको भिडन्त महिला ५४ किलो तौल समुहमा भोली मार्च ४ तारिखमा पोल्याण्डका खेलाडी द्राविक सान्द्रासंग बेलुकीको शत्रमा प्रतियोगिता हुनेछ ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्