सत्ता गठबन्धन फेरीयो, आजै सरकार परिवर्तन हुन्छ एमाले उपाध्यक्ष पाण्डे

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ फाल्गुन २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ —काँग्रेस, माओबादी र समाजबादी सहितबो बर्तमान सत्ता गठबन्धन टुटेको छ । राष्ट्रिय सभाको अध्यक्ष लगायतको बिकसीत राजनैतिक घटनाका बिच माओबादी एमाले सहितको नयाँ समिकरणमा सत्ता सञ्चालनमा राजी बनेको छ ।
यसै बिच नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुने दाबी गरेका छन् । उनले सोमबार बिहान आफ्नो आधिकारिक फेसबुक पेजमा आजै नयाँ मन्त्रिपरिषद् बन्ने उल्लेख गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद बन्दै । सानो आकारको मन्त्रीमण्डलले आज सपथ लिनेछ।’उनले एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको एमालेको सचिवालय बैठकसकिएपछि उक्त स्ट्याटस अपडेट गरेका हुन् । टीआरसी र नयाँ सत्ता समीकरणबारे छलफल गर्न एमालेले आज बिहान केन्द्रीय सचिवालयकोप बैठक बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array