प्रतिनिधिसभाको बैठक फागुन २४ गते बिहान ११ बजे बस्ने गरी स्थगित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ फाल्गुन २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ , विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण आज बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक फागुन २४ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो । यसअघि विकसित राजनीतिक परिस्थितिमा आजका लागि निर्धारित बैठकका सम्बन्धमा सभामुख देवराज घिमिरेले प्रमुख दलहरूसँग छलफल गर्नुभएको थियो । दलहरूको सुझावका आधारमा बैठकबारे निर्णयमा पुग्ने सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभएको थियो । प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

onlineredionepal

प्रतिक्रिया दिनुहोस्

Array