राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदले शपथ ग्रहण गरे

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ फाल्गुन २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ ,  राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदले शपथ दिएका छन् । सोमबार सङ्घीय संसद् भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिह्न लगाइदिनुभयो भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गर्नुभयो । समारोहमा उपप्रधानमन्धी एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो । आइतबार २०७४ फागुनदेखि २०८० फागुनसम्म कायम हुनुभएका २० सांसदको बिदाइ भएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदलाई बिदाइ गरिएको थियो । राष्ट्रिय सभाका कुल ५९ सदस्यको पदावधि ६ वर्षको हुनेछ ।

gorkhapatraonline

प्रतिक्रिया दिनुहोस्

Array