सकियो राष्ट्रियस्तरको अबाकस प्रतियोगीता, कुन- कुन स्कुल भए च्याम्पियन ?

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ फाल्गुन २०८०, सोमबार
3 Min Read
Aa

काठमाडौं – राष्ट्रियस्तरको अबाकस प्रतियोगीता सम्पन्न भएको छ । बाल बिकास एनसीमास संस्थाको आयोजनामा सम्पन्न प्रतियोगीतामा जुनियर, मिडिल र सिनियर लेबलको छुट्टाछुट्टै प्रतिष्पर्धा गराईएको थियो । पूर्व शिक्षामन्त्री, सांसद एवं नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडु प्रमुख अतिथि र गण्डकी प्रदेशसभा सदस्य टिकाकुमारी बस्याल विशेष अतिथि रहेको कार्यक्रममा १ सयभन्दा बढि विद्यालयका प्रतियोगी विद्यार्थी, शिक्षक र अभिभावकहरु सहभागी थिए ।

कार्यक्रममा मन्तव्य राख्दै पूर्वमन्त्री बडूले अबाकसलाई अनिवार्य विषयको रुपमा नै समावेश गराउनुपर्ने आवश्यकता औँल्याए । यसअघि आफूले अबाकसबारे केही बुझ्ने मौका पाएको स्मरण गर्दै उनले अबाकसलाई सरकारले नै पाठ्यपुस्तकमा अनिवार्य विषय बनाउनुपर्ने बताए । यसले बालबालिकाहरुको मस्तिस्कमा सुधार गर्न निक्कै सहयोग गर्ने भन्दै उनले आफ्नो तर्फबाट के–के सहयोग गर्नुपर्ने हो त्यो गर्ने आश्वासन दिए ।

कार्यक्रममा विशेष अतिथि गण्डकी प्रदेशसभा सदस्य टिकाकुमारी बस्यालले अबाकसको औचित्य झनै बढेर गईरहेको बताईन् भने विभिन्न व्यक्तिहरुलाई मायाँको चिनोसहित सम्मान गरेकी थिइन् । प्रतियोगीता अन्तर्गत जुनियर लेबल (कक्षा १, २) तर्फ एन्जल्स प्याराडाईजका रोसिका नेपाल च्याम्पियन, नवनित टोडलर्स जोनका अबिका जोशी फष्ट रनरअप, काठमाडौं प्रज्ञा कुञ्जका रियान्स आचार्य सेकेन्ट रनरअप र ब्राईट फ्युचरका दिव्यान्त गिरि थर्ड रनरअप भए ।

त्यस्तै मिडिल लेबल ( कक्षा ३,४) तर्फ पाथिभरा एकेडेमीका सुदिनमणी पौडेल च्याम्पियन, विभुती विद्या मन्दिरका संकल्प अमगाई फष्ट रनरअप, एम्स एकेडेमीका सिद्धार्थ दाश सेकेन्ड रनरअप र कान्जिरोवा स्कुलका सार्थकनाथ गोपाली थर्ड रनरअप भए । त्यस्तै सिनियर लेबल (कक्षा ५ भन्दामाथि) ब्राईट फ्युचरका निकिता झा च्याम्पियन, मेघा पब्लिक स्कुलका कृषला प्याकुरेल फष्ट रनरअप, कान्जिरोवा स्कुलका अबि भुजु सेकेन्ड रनरअप र ओडिसी इन्टरनेशनल एकेडेमीका प्रज्वल कट्टेल थर्ड रनरअप भए ।

यसअघि हरेक विद्यालयमा विद्यालय स्तरीय अबाकस प्रतियोगीता गरेर राष्ट्रियस्तरको प्रतियोगीताका लागि प्रतियोगी छानिएका थिए । राष्ट्रियस्तरको प्रतियोगीतामा च्याम्पियन बनेकाहरुले अन्तर्राष्ट्रियस्तरको प्रतिष्पर्धामा सहभागी बन्न पाउने अवसर पाउने बाल बिकास एनसीमास संस्थाका तेजु नेपालले बताए । कार्यक्रममा उनले अबाकसको आवश्यकताबारे प्रष्ट पार्दै अझै यसलाई देशव्यापी बनाउने अभियानमा आफूहरु लागिपरेको बताए ।

कार्यक्रमलगत्तै च्याम्पियन बनेकाहरुले अबाकस आफ्नो बिद्यालयमा लागु गराएकोमा विद्यालयसहित बाल बिकास एनसीमासलाई धन्यवाद दिएका थिए भने शिक्षकहरुले पनि आफ्नो बालबालिकामा अबाकसले ल्याएको परिवर्तन देखेर निक्कै खुशी व्यक्त गरेका थिए ।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रीकृत गराउने गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ । बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकसलाई विद्यालयले बैकल्पिक विषयका रुपमा पठनपाठन गराउँदै आएको छ । बाल बिकास एनसीमास संस्थामार्फत ३५० वटाभन्दा धेरै विद्यालयले अबाकस लागु गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array