त्रिशूलीमा बस खस्दा ७ जनाको मृत्यु, ३८ जना यात्रुको सकुशल उद्धार

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ फाल्गुन २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ , कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस गजुरीस्थित घाटबेशी नजिक दुर्घटना हुँदा अहिलेसम्म ७ जनाको मृत्यु भएको छ । हालसम्म ३८ जना यात्रुको सकुशल उद्धार गरिएको ईलाका प्रहरी कार्यालय गजुरीका डिएसपी मदन कुँवरले जानकारी दिनुभयो । मृतकको मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन । उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको उहाँले बताउनु भयो । दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array