संघीय सरकारमा सहभागी दलहरूको गठबन्धन फेरबदलका कारण बागमती प्रदेशमा पनि नयाँ सरकार गठनको तयारी सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ फाल्गुन २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौँ – संघीय सरकारमा सहभागी दलहरूको गठबन्धन फेरबदलका कारण बागमती प्रदेशमा पनि नयाँ सरकार गठनको तयारी सुरु भएको छ । केन्द्रमा लोकतान्त्रिक बाम गठबन्धन टुटेर नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरूको नयाँ सत्ता समीकरण निर्माण भएसँगै बागमती प्रदेशमा नयाँ सरकार निर्माणका लागि सत्ता समीकरण परिवर्तनको चर्चा सुरु भएको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–माओवादीसहितका दलको गठबन्धनलाई तोडेर नयाँ गठबन्धन बनाउनुभएपछि प्रदेशमा नयाँ गठबन्धन निर्माणको कसरत सुरु भएको हो । तर, बागमती प्रदेशमा नयाँ सरकार निर्माणका लागि स्पष्ट बहुमत नहुँदा दलहरूलाई समस्या परेको छ । ११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा सरकार गठनका लागि ५६ जना प्रदेश सभा सदस्य आवश्यक हुन्छ । जसमा कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, एकीकृत समाजवादीको सात, नेपाल मजदुर किसान पार्टीको तीन र हाम्रो नेपाली पार्टीको दुई जना प्रदेशसभा सदस्य रहेका छन् ।

बागमतीमा केन्द्रको समीकरण अनुसार बहुमत पु¥याउन समस्या पर्ने सम्भावना रहेको मुख्यमन्त्री शालिकराम जमरकट्टेले बताउनुभयो । प्रदेशमा नेकपा एमाले, एकिकृत माओवादी, नेकपा एकिकृत समाजबादी र हाम्रो नेपाली पार्टीको सरकार बन्ने सम्भावना रहेको उहाँले बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी नहुने भनेपछि एमाले, माओवादी,समाजबादी र हाम्रो नेपाली पार्टीको सरकार बन्ने सम्भावना बढेको उहाँले बताउनुभयो । विदेश भ्रमणमा रहनु भएका कांग्रेसका मन्त्रीहरू हेटौँडा फर्किएपछि राजीनामा दिनु भएपछि सरकार गठनको प्रक्रिया सुरु हुने उहाँले बताउनुभयो ।माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष एवम् प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि त्यसको प्रभाव प्रदेश सरकारमा पर्नु स्वाभाविक भएको बताउँदै केन्द्रमा सरकार निर्माण प्रक्रिया पूरा भएपछि नयाँ सत्ता गठबन्धन अनुसारको सरकार प्रदेशमा पनि बन्ने बताउनुभयो । यस्तै एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसूदन पौडेलले प्रदेशमा सत्ता समीकरण बारेमा अहिले नै टुङ्गोमा नपुगेको भन्दै केन्द्रको कुरा टुङ्गो लागेपछि यता पनि छलफल हुन्छ र निष्कर्षमा पुग्ने बताउनुभयो ।

onlineredio

प्रतिक्रिया दिनुहोस्

Array