तारकेश्वर र टोखा नगरपालिका जोडने मैत्री पुलको शिलान्यास

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ फाल्गुन २०८०, बिहीबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका र टोखा नगरपालिका जोडने मैत्री पुलको शिलान्यास गरिएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ११, टोखा नगरपालिका वडा नं ९ र काठमाण्डौं महानगरपालिका वडा नं १६ को महादेव खोला र बिष्णुमती खोलाको संगम स्थल गुम्बा नजिक बन्न लागेको मैत्रीपुर्ण पुलको तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आज संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

No description available.
तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको सह लगानीमा निर्माण हुन लागेको उक्त पुलको दुवै नगरपालिकाले आधा आधा खर्च व्यहोर्ने छन् । दुवै नगरपालिकाको सह लगानीमा पुल निर्माण हुने भएपनि टेण्डर लगायत अन्य व्यवस्थापकीय कामको जिम्मेवारी भने टोखा नगरपालिकाको रहने छ । पुल निर्माणको सम्पुर्ण कर सहितको कुल लागत ३ करोड ३ लाख २४ हजार १ सय ८३ रुपयाँ रहेको छ । न्यु खाँडादेवी सुरु जेभी मार्फत निर्माण हुने पुल १२ मिटर लम्बाई र १० मिटर चौडाईको रहने छ । निर्माण कम्पनीले आगामी २०८१ साल माघ ५ गते सम्म मैत्री पुल निर्माणका निर्माण पुरा गर्नेछ । न्यु खाँडादेवी सुरु जेभीका प्रोपाइटर सुदीप कुइकेलले सम्झौतामा तोकिएको अबधी भन्दा पहिलानै काम सम्पन्न गर्ने बताउनुभयो । पुल पाइल फाउण्डेसन मार्फत निर्माण गरिने बताँउदै कुइकेलले पुल निर्माणको काम सुरु भइसकेको बताउनुभयो ।

No description available.
नयाँ बसपार्कबाट आधा किलोमिटरको दुरीमा रहेको यस स्थानमा सामान्य फलामको पुलको सहायतामा पैदल यात्रीले जोखिमपुर्ण तरिकाले यात्रा गर्न बाध्य थिए । पुल निर्माणसंगै दुवै नगरपालिका बिचको मैत्री सम्बन्ध मात्र नभई दुई नगरबासी बिच मन पनि जोडीएको छ ।
पुल शिलान्यास कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ, टोखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बिसी, तारकेश्वर नगरपालिका वडा नं ११ का वडा अध्यक्ष कबिराज बस्नेत, टोखा नगरपालिका वडा नं ९ का अध्यक्ष रामभक्त घिमिरे सहित तारकेश्वर र टोखा नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु र सर्वसाधारणको उपस्थीति रहेको थियो ।

No description available.

df

प्रतिक्रिया दिनुहोस्

Array