मधेस प्रदेस: अनियंत्रित वन उत्खननले स्थानीयबासी आजित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ फाल्गुन २०८०, बिहीबार
2 Min Read
Aa
काठमाडौं, सिरहामा चुरे वन क्षेत्रबाट अनियंत्रित ग्राभेल उत्खननले गर्दा स्थानीयवासी आजित भैसकेका छन् । चुरे वन क्षेत्रमा उत्खनन भैइरहेको स्थानीय प्रहरी प्रशासनलाई खबर गरेपनि सरोकारवाला निकाय मौन भएर बस्दा स्थानीयबासी आजित भएका हुन् । यो क्षेत्रमा बिगत तीन वर्षदेखि नियमितरूपमा प्रहरी प्रशासन कै आडमा अनियंत्रित उत्खनन् भइरहेको स्थानीयहरु बताउँछन् ।आज मात्र वन कार्यालय सिरहाको गस्ती टोलिले चुरे वन क्षेत्रवाट अवैधरुपमा ढुङ्गा, गिट्टी, वालुवा उत्खनन गरिरहेको अवस्थामा एक–एक जेसिबी र टिपर नियन्त्रणमा लिएको छ । सब डिभिजन वन कार्यालय, चोहर्वाको गस्ती टोलीले नरहा गाउँपालिका ३ जचौहर्वा आर्मी क्याम्प पछाडिको चुरे वन क्षेत्रवाट बा. ५ प १८६७ जन्वरको टिपर र नम्वर नभएको जेसीवी बुधबार विहान नियन्त्रणमा लिएको सब डिभिजन वन कार्यालय चोहर्वाले जनाएको छ ।
विशेष सूचनाको आधारमा सब डिभिजन वन कार्यालय, चोहर्वाका वन अधिकृत मनोज कुमार कर्ण नेतृत्वको टोलिले प्रहरीको सहयोगमा दुवै सवारीसाधान नियन्त्रणमा लिएको डिभिज वन कार्यालय लहानका प्रमुख सुजित कुमार झाले जानाएको छ ।
वन कर्मचारीलाई देखेपछि फरार रहेका चालकको खोजी भईरहेको वन कर्मचारीले जनाएको छ । चलक फरार भएपनि यस क्षेत्रमा ग्राभेल व्यवसायीका नामले परिचित रामबाबु यादवको टिपर र जेसीवी भएको बुझिएको छ । नियन्त्रणमा लिएको दुवै सवारीसाान सब डिभिजन वन कार्यालय चोहर्वामा राखिएको छ । यस वारे थप अनुसन्धान भईहेको वन कार्यालयले जनाएको छ । एक वन कर्मचारीले अहिले गाडी वेवारीसे अवस्थामा रहेपनि यो रामबाबुकै हो भन्ने जानकारी दिए । तर, अहिलेसम्म कोही जेसीवी र टिपर मेरो हो भनेर दावीगर्न आई सकेका छैनन् ।
यस क्षेत्रबाट वर्षौंदेखि विना दर्ता निर्वाधरुपमा प्रहरी प्रशासनकै मिलेमत्तोमा अवैध उत्खनन् हुँदै आएको छ । स्थानीयको दवाव पछि केही टिपर र जेसीवी नियन्त्रणमा लिएपनि सामान्य राजस्व बुझाएर छुट्ने गरेको स्थानीयहरुले बताएका छन् । ।
विद्यालयकै वरपर गैरकानुनी रुपमा ढुङ्गा, गिट्टी, वालुवा उत्खनन र विक्रीवितरण हुँदै आएपनि प्रहरीको मौनता उदेकलाग्दो रहेको स्थानीय वासिन्दा बताउँछन् ।विद्यालयको क्षेत्रमा अवैध उत्खनन रोक्न जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी गर्दा पनि नरोकीएको उनीहरुको गुनासो छ । दिनरात प्रहरीको डिउटी रहने चोहर्वाचोककै बाटोबाट दर्जनौं स्थानामा खाड्नो खनेर वर्षौंदेखि ढुङ्गा, गिट्टी, वालुवा उत्खनन भईरहेको छ । तर, सरोकारबाला निकायको मौनताले स्थानीय आजित भईसकेको बताउँछन् ।
Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array