तारकेश्वर नगरपालिका जहाँ १० वटा वडा सचिब सहित महत्वपुर्ण शाखा र कार्यालयहरु महिला कर्मचारीको कमाण्डमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ फाल्गुन २०८०, शुक्रबार
8 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । विश्व नारी दिवस मनाईरहंदा सार्वजनीक प्रशासनमा महत्वपूर्ण कामको जिम्मेवारी महिलालाई दिन हिच्किचाउने प्रवृत्ति मौलाए पनि तारकेश्वर नगरपालिकामा भने महत्वपुर्ण शाखा र मातहतका कार्यालयहरुमा महिला कर्मचारीहरुले कमाण्ड सम्हाली रहेका छन् । तारकेश्वर नगरपालिकाको महत्वपुर्ण मानिएको योजना शाखा, प्रशासन शाखा, अन्तररिक लेखा परिक्षण शाखा, कृषि शाखा, महिला बालबालिका शाखा, नगरपालिकाको ११ मध्य १० वटा वडा कार्यालयको सचिबको रुपमा महिला कर्मचारीहरुले कमाण्ड सम्हाली रहेका छन् । त्यस्तै तारकेश्वरका १३ वटा स्वास्थ्य संस्था मध्य ७ वटाको इन्चार्ज, तारकेश्वरका २१ सामुदायिक विद्यालय मध्य ६ वटा विद्यालयको प्रधानाध्यापक र दुई वटा महिला विद्यालयको प्रधानाध्यापक पनि महिलानै सम्हाली रहेका छन् । तारकेश्वरका १ प्राथमीक स्वास्थ्य केन्द्र, ६ वटा हेल्थपोष्ट र ६ वटा शहरी स्वास्थ्य केन्द्र गरि १३ वटा स्वास्थ्य संस्था मध्य ७ वटाको नेतृत्व पनि महिला कर्मचारीहरुलेनै सम्हाल्दै आइरहेका छन् । ७ वटा स्वास्थ्य संस्था मध्य ४ वटा स्वास्थ्य संस्थाका कार्यालय प्रमुख देखि कार्यालय सहयोगी सम्म पुरै महिला कर्मचारीहरु कार्यरत रहेका छन् । तारकेश्वरमा महिला कर्मचारीहरुले महत्वपुर्ण जिम्मेवारी सम्हाली रहंदा सुशासनका साथै सेवा प्रवाहमा अब्बल कार्यसम्पादन समेत प्रस्तुत गर्दै आएका छन् ।
लिजा, एफआरए, बित्त आयोग र राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगितामा काठमाण्डौं जिल्लाका ११ स्थानीय निकायलाई पछाडी पादै पहिलो बनेको तारकेश्वर नगरपालिका महिला कर्मचारीहरुलाई महत्वपुर्ण जिम्मेवारी प्रदान गर्ने स्थानीय निकाय मध्यमा पनि सम्भबत पहिलो नगरपालिकानै हुन सक्छ । तारकेश्वर नगरपालिकामा नगरप्रमुख कृष्ण हरि महर्जनको नेतृत्वमा जनप्रतिनिधि निर्वाचीत भएर आएपछि महिलाहरुलाई बिभिन्न क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गर्न सहयोग पुग्नेखालका सामाजीक र आर्थिक बिकासका कार्यक्रमहरु समेत ल्याउनुभएको छ ।
तारकेश्वर नगरपालिकाको महत्वपुर्ण मानिएको योजना शाखा, प्रशासन शाखा, अन्तररिक लेखा परिक्षण शाखा, कृषि शाखा, महिला बालबालिका शाखा लगायतका शाखाको कमाण्ड महिला कर्मचारीहरुले सम्हाली रहेका छन् । यि शाखा मध्यमा कृषि शाखा बाहेक अन्य सबै शाखामा कमाण्ड मात्र होइन कार्यरत सबै कर्मचारीहरु महिला मात्रै छन् ।

No description available.तस्वीर : योजना शाखाका कर्मचारीहरु ।

योजना शाखामा शोभा श्रेष्ठको नेतृत्वमा सीता थपलिया, इन्दुश्वरी न्यौपाने र सब इन्जीनियर साधना जोसी कार्यरत रहेका छन् । त्यस्तै प्रशासन शाखामा रचना शर्मा पन्थीको नेतृत्वमा सुधा अधिकारी कार्यरत छन् । त्यस्तै अन्तरीक लेखा परिक्षकको प्रमुखमा निर्माला शर्मा, कृषि शाखामा मिना कुमारी थापाको नेतृत्वमा प्रतिक्षा न्यौपाने, महिला बालबालिका शाखामामा प्रतिमा मिश्रको नेतृत्वमा बिमला लम्साल सुवेदी, लक्ष्मी देवि खड्का र मलिना पोखरेल कार्यरत छन् ।
तारकेश्वर नगरपालिकाको ११ वडा मध्य १० वटा वडामा वडा सचिबको रुपमा महिला सचिबहरुले कमाण्ड सम्हाली रहेका छन् । वडा नं १ मा शर्मिला पौडेल, वडा नं २ मा सुशिला शर्मा लोहनी, वडा नं ४ मा सबिता काफ्ले, वडा नं ५ मा सृजना पौडेल, वडा नं ६ मा संगिता शर्मा, वडा नं ७ मा पदमा गजुरेल, वडा नं ८ मा नानु तिवारी कार्की, वडा नं ९ मा पूजा के.सी, वडा नं १० मा स्वस्तिका कार्की र वडा नं ११ मा उमा बस्नेत कार्यरत रहेका छन् ।
त्यस्तै तारकेश्वरका १३ वटा स्वास्थ्य संस्था मध्य ७ वटाको प्रमुखमा महिला, तारकेश्वरका २१ सामुदायिक विद्यालय मध्य ६ वटा विद्यालयको प्रधानाध्यापक महिला छन् भने दुई वटा महिला विद्यालयको प्रधानाध्यापक पनि महिलानै सम्हाली रहेका छन् ।
तारकेश्वरका १ प्राथमीक स्वास्थ्य केन्द्र, ६ वटा हेल्थपोष्ट र ६ वटा शहरी स्वास्थ्य केन्द्र गरि १३ वटा स्वास्थ्य संस्था मध्य ७ वटाको नेतृत्व पनि महिला कर्मचारीहरुलेनै सम्हाल्दै आइरहेका छन् । ७ वटा स्वास्थ्य संस्था मध्य ४ वटा स्वास्थ्य संस्थाका कार्यालय प्रमुख देखि कार्यालय सहयोगी सम्म पुरै महिला कर्मचारीहरु कार्यरत रहेका छन् । तारकेश्वरको वडा नं २ को शहरी स्वास्थ्य केन्द्र, वडा नं ८, वडा नं १० र वडा नं ११ को शहरी स्वास्थ्य केन्द्रका पुरै कर्मचारीहरु महिला छन् । साङला प्राथमीक स्वास्थ्य केन्द्रको प्रमुखको रुपमा बर्षा गौतम, शहरी स्वास्थ्य केन्द्र तारकेश्वर २ मा निर्जला गौतम, जितपुरफेदी स्वास्थ्य चौकीमा सुस्मा बसेल, धर्मस्थली स्वास्थय चौकीमा अञ्जना पौडेल, फुटुङ स्वास्थ्य चौकीमा सकुन्तला अधिकारी, मनमैजु स्वास्थ्य चौकीमा धर्मशिला घिमिरे, शहरी स्वास्थ्य केन्द्र १० मा रश्मी शाक्य र शहरी स्वास्थ्य केन्द्र ११ मा सुमित्रा उपाध्यायले इञ्चार्जको रुपमा कार्यरत रहेका छन् ।

No description available.
वडा नं ११ को शहरी स्वास्थ्य केन्द्रमा डाक्टर देखि कार्यालय सहयोगी सम्म महिला कर्मचारी कार्यरत रहंदै आएका छन । स्वास्थ्य केन्द्रमा डा. इङगिता सिंखडा, स्वास्थ्य केन्द्र प्रमुख सुमित्रा उपाध्यय, सिअनमी निरिक्षक शसिकला सुनुवार, जनस्वास्थ्य निरिक्षक रोजिना खडका, सिअहेव देवकी अधिकारी, सिअनमी सरला कुईकेल र टिका कुमारी शर्मा र कार्यालय सहयोगीको रुपमा कमला तामाङ कार्यरत रहेका छन् ।
त्यस्तै वडा नं १० को शहरी स्वास्थ्य केन्द्रमा कार्यालय इन्चार्ज रश्मी केसी, सि अहेब शारदा अधिकारी, सि अनमी गिता तिमिल्सीना र गायत्री श्रेष्ठ, अनमी संगिता पौडेल गौतम र कार्यालय सहयोगी उषा कार्की कार्यरत छन् ।
त्यस्तै वडा नं ८ को मनमैजु स्वास्थ्य केन्द्रमा धर्मशिला घिमिरेको नेतृत्वमा रुपा कुमारी थापा, शान्ति बोगटी, राधा धुमारी शर्मा सुवेदी, सुनिता थिङ, उर्मिला नेपाल, तिल कुमारी विका,सिता चापागाई र कार्यलय सहयोगीको रुपमा लक्ष्मी खत्री कार्यरत छन् ।
त्यस्तै वडा नं २ को शहरी स्वास्थ्य केन्द्रमा पनि कार्यालय प्रमुख देखि कार्यालय सहयोगी समेत महिलानै छन् । निर्जला गौतम, शुशिला शाही खडगी, सम्झना कटवाल र कार्यालय सहयोगीको रुपमा कमली देवकोटा कार्यरत छन् ।त्यस्तै जिल्ला आयुर्वेद केन्द्रद्धारा सञ्चालीत नागरीक आरोग्य केन्द्र तारकेश्वर ११ मा पनि इञ्चार्ज सहित दुवै कर्मचारी महिलानै छन् । केन्द्रमा दिव्या आचार्य इन्चार्ज र कमला खनाल कार्यारत छन् ।
यता तारकेश्वर नगरपालिका भित्र शिक्षाको ज्योति फैलाउने शिक्षा क्षेत्र अन्तर्गत तारकेश्वरमा २१ सामुदायिक विद्यालय, २ महिला र १ धार्मिक विद्यालय मध्य ८ वटा विद्यालयमा महिला प्रधानाध्यापकहरुले कमाण्ड सम्हाली रहेका छन् । २१ सामुदायिक विद्यालय मध्य ६ वटा विद्यालयका नेतृत्व महिलाले सम्हालेका छन् । नेपाल राष्ट्रिय मा.विको प्रअ मा निर्मला शाक्य, मनमैजु मा.विको प्रअ मा रबिना महर्जन, कालिका शरण मा.वि को प्रअ मा अनामिका आचार्य, नाजार्जुन मा.वि को प्रअमा रामकुमारी पैडेल, धर्म विद्याश्रम आ.वि को प्रअ मा शान्ती बस्नेत,सरस्वती आ.विको प्रअमा बिमला बस्नेत कार्यरत छन् । दुई महिला विद्यालयमा मनमैजु महिला विद्यालयमा कल्पना सापकोटा र फुटुङ महिला विद्यालयमा सुधा पौडेल पाण्डे प्रधानाध्यापकको रुपमा कार्यरत रहेका छन् ।

तारकेश्वर १० का वडा कार्यालय र शहरी स्वास्थ केन्द्रमा कार्यालयमा प्रमुख देखि कार्यालय सहयोगी सम्म महिला
तारकेश्वर नगरपालिका भित्र एउटा संयोगनै मान्नुपर्दछ वडा नं १० अन्तर्गतको वडा कार्यालय र शहरी स्वास्थ्य केन्द्रका सबै कर्मचारीहरु महिला मात्र छन् । वडा नं १० मा वडा सचिब स्वस्तिका कार्की, इन्जीनियर संगिता चिकनबन्जरा, सहायक सृजना महर्जन र कार्यालय सहयोगी शोभा रानामगर कार्यरत छन् । त्यस्तै शहरी स्वास्थ्य केन्द्रमा पनी कार्यालय इन्चाज देखि सहयोगी सम्म महिला कर्मचारीहरुनै छन् । कार्यालय इन्चार्ज रश्मी केसी, सि अहेब शारदा अधिकारी, सि अनमी गिता तिमिल्सीना र गायत्री श्रेष्ठ, अनमी संगिता पौडेल गौतम र कार्यालय सहयोगी उषा कार्की कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

Array