एन्जल्स हार्ट नेश्नल स्कुल र एन्जल्स किड्स मन्टेश्वरीको छैठौं बार्षिकोत्सब एवं अविभावक दिवस सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ फाल्गुन २०८०, सोमबार
8 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वरको शैक्षिक क्षेत्रका छुट्टै पहिचान बनाउन सफल तारकेश्वर नगरपालिका वडा नं ९ को एन्जल्स हार्ट नेश्नल स्कुल तथा एन्जल्स् किड्स मन्टेश्वरीले छैठौं स्थापना दिवस तथा अविभावक दिवस मनाएको छ ।
विद्यालयको प्राङगणमा आयोजीत विशेष कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य अमन मास्केले अविभावक दिवस एवं विद्यालय स्थापना दिवस विशेष कार्यक्रमको उदघाटन गर्नुभयो । प्रदेश सभा सदस्य मास्केले कार्यक्रमको उदघाटन गदै स्थापना भएको छोटो समयमा विद्यालयको प्रगिती देखेर खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो “मलाई त्यो एकदमै बिर, बहादुर हनुमानको याद आइरहेको छ, जस्ले बाल्यकालमा स्वयम सूर्यलाई पनि नियालेर निल्न खोज्नुभएको थियो, त्यो स्पीडको साथ यो एन्जल्स हार्ट अगाडी बढीरहेको छ म हृदय देखिनै विद्यालयलाई सूभकामना दिन चाहन्छु ।”

May be an image of 1 person and text
विद्यालय स्थापना भएको छोटो समयमा विद्यालयको भौतिक, सामाजिक र शैक्षिक अवस्था निकै मजबुत हुनु सबल पक्ष रहेको बताँउदै प्रदेश सभा सदस्य मास्केले तारकेश्वरको शैक्षिक इतिहाँसमा एन्जल्स हार्ट को महत्वपुर्ण योग्दान रहेको बताउनुभयो । उहाँले भन्नुभयो “८,१६७ मिटर विश्वको सातौं अग्लो हिमाल धौलागिरी र त्यो धौलागिरी हिमालको काँखमा जन्मनु भएका, हुर्कनु भएका लिल बहादुर पुन, धनबहादुर पुन लगायतका सरहरुले एन्जल्स हार्ट यहाँ स्थापना गर्नुभएको छ, त्यहाँको पबित्र जल खाएर हुर्कनु भएका सरहरुले त्यो पबित्र जललाई तारकेश्वरमा ल्याउनुभयो, त्यो जलमा शिक्षा मिसासाउनु भयो र सबैलाई शिक्षित र दिक्षित बनाउने काममा लागिरहनु भएको छ उहाँहरुको यो एन्जल्स हर्ट समुहलाई म हृदय देखिनै नमन गर्न चाहन्छु ।”
समाजको अन्धकार हटाउन शिक्षाले महत्वपुर्ण भुमिका रहने बताँउदै नेता मास्केले अबको शिक्षा व्यहारीक र अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न योग्य खालको हुनुपर्ने बताउनुभयो ।

May be an image of 5 people and text
नेपालको शैक्षिक आन्दोलनमा संस्थागत विद्यालयको योग्दान महत्वपुर्ण रहेको बताँउदै प्रदेश सभा सदस्य मास्केले संस्थागत विद्यालय नभएको भए नेपालको शिक्षाको सुचकांक निकै डरमर्दो हुने बताउनुभयो ।
प्रदेश सभा सदस्यका साथै पेशाले आफु आर्कीटेक्ट इन्जीनियर रहेको बताँउदै नेता मास्केले नेपाली राजनीतिमा भएको फोहर सफा गर्न आफु लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो “पेशा म इन्जीनियर हुं पछिल्लो समय राजनीतिमा पनि क्रियाशील छु पनि छु, राजनीतिमा भएका फोहरलाई धेरै सफात गर्न सकिन्छ या सकिन्न तर छेउवाट अलिकती झारहरु उखेल्न सकिन्छ कि भनेर लागि रहेको छु ।”
सम्बोधनको अन्त्यमा नेता मास्केले कबिता मार्फत एन्जल्स हार्ट नेश्नल स्कुलललाई सुभकामना दिनुभयो । उहाँले कबिता मार्फत सुभकामना दिंदै भन्नुभयो “एन्जल्स हार्ट शैक्षिक सत्कर्ममा संधैब अगाडी बढीरहोस, प्रशिद्धिको सगरमाथामा तेन्जीङ जस्तै चढोस, निडर, निस्पक्ष, अनुसासीत र संस्कारको पर्यायबाची बनोस, नेपाली शैक्षिक इतिहाँसमा एन्जल्स हर्ट स्कुलको नाम स्वर्ण अक्षरले कोरियोस, धन्यवात”

May be an image of 1 person and dais
कार्यक्रममा विद्यालयका अध्यक्ष लिल बहादुर पुनले सहकार्य र एकता बिना शैक्षिक क्षेत्रहरुको अब अस्थीत्व चुनौतिपुर्ण रहने बताँउदै शैक्षिक संस्थाहरु बिच अनावश्यक बिषयमा अस्वस्थ्य प्रतिष्पर्धा नभई विद्यार्थीको बृत्ति बिकासमा मात्र प्रतिष्पर्धा हुनुपर्ने बताउनुभयो ।
प्रविधिको विकाससंगै अब विद्यालयहरुको संख्या पनि घटदै जाने बताँउदै अध्यक्ष पुनले भन्नुभयो “मोवाइलमा घडी छ, क्यामेरा छ, फोन छ धेरै कुरा छ, मोवाइल भित्र दुनियाँ भएजस्तै अब विद्यालयहरु बिच को–अपरेशन र कोल्याबरेशन बिना अस्थीत्व संकटमा पर्दछ, प्रविधिको विकाससंगै भोलीको दिनमा विद्यालय भनेको धेरै कम हुन्छ त्यसैले तारकेश्वरमा रहेका शैक्षिक संस्थाहरुले शैक्षिक क्षेत्रको विकासका निम्ती कम्तीमा एकै ठाँउमा हुनुपर्दछ भन्ने हाम्रो धारणा छ”
अध्यक्ष पुनले विद्यालयले गरेको खाने नभई गरेर खाने खालको जनशक्ति उत्पानका लागि त्यस्तै खालको शिक्षा दिइरहेको बताउनुभयो ।

May be an image of 1 person and text
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टक थापाले विद्यालयले पढाइलाई सिकाइएको एउटा महत्वपुर्ण पक्षको रुपमा मात्र लिने गरेको बताँउद विद्यालयले रिजेल्ट तयार गर्दा पढाई सहित विद्यार्थीको बहुआयामीक क्षमता समेतलाई मुल्यांकन गर्ने गरिएको बताउनुभयो ।
शिक्षकहरुले कोठानामा मुडको भरमा नभई फाइभ इ प्लानीङ पेश गरेर मात्र प्रवेश गर्ने व्यवस्था रहेको बताँउदै प्रिन्सीपल थापाले भन्नुभयो “कक्षा कोठामा जानु भन्दा अगाडी शिक्षकहरुले करिकुलम बेसमा ५ इ प्नानीङ पेश गरेर मात्र कक्षा कोठामा छिर्ने गर्नुहुन्छ, किनकी कुनै पनि कन्टेन्ट र बिषयमा बस्तुमा शिक्षकले मलाई मन लाग्यो भनेर पढाउने होइन् आज विद्यार्थीको आवश्यकता के छ प्रिजेन्ट सिनारीयोमा आवश्यकता के छ ? त्यसको पुर्ण विश्लेषण गरेर मात्र शिक्षक कक्षा कोठामा जान पाउनुहुन्छ, शिक्षकले मुडको भरमा कक्षा कोठामा जान पाउनु हुन्न् । त्यसैले पहिला हामी प्नानीङ त्यस पछि कक्षामा काम गदछौं”
विद्यालयले खानपान, योगध्यान र अध्ययनलाई अबलम्बन गरेको बताँउदै प्रधानाध्यापक थापाले योगध्यान अन्तर्गत क्लब बेसमा आर्ट र स्पोर्टस क्लब सहित ८ वटा क्लब मार्फत बिभिन्न अतिरिक्त कृयाकलाप हुने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो “कुनै पनि विद्यार्थी उ विद्यार्थी मात्र नभएर यो देशको सक्षम एउटा नागरिक पनि हो । उ बिग्रनु भनेको सक्षम नागरिक बिग्रनु हो, दक्ष नागरिक बिग्रनु हो । त्यसैले हामीले बालबालीकाहरुलाई शिक्षासंगै उनिहरुलाई भबिष्यको स्वस्थ्य नागरिक तयार गर्नका लागि खानपान, योगध्यान र अध्ययनलाई जोड दिइरहेका छौं”

May be an image of 3 people and text that says '6th Pang ANGELS' HEART NATIONAL SCHOOL "Let Me Do Myelf DMYS ANGELS' KIDS MONTESSORI PRE-SCHOOL 6th Annual REN Monday AY'
कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयकी एकेडेमिक डाइरेक्टर एवं अपेन तारकेश्वरकी अध्यक्ष रेखा शाही हमालले विद्यालयले कागजी ज्ञानलाई भन्दा संस्कार सहितको प्रविधि सहितको शिक्षामा जोड दिएको बताउनुभयो । उहाँले भन्नुभयो “शिक्षा भित्र सिकाई र सिकाई भित्र नानीबाबुहरुको संस्कार भित्रनु जरुरी छ, कागजी कुरामा मात्र होइन् प्रत्यक नागरिकले संस्कारको कुरा बुझेर सिकाइलाई अगाडी बढाउन सकेमा असल, सफल र सबल नागरिक बनाउन सफल हुन्छौं, त्यसैले संस्कार र प्रविधि सहितको शिक्षा आजको आवश्यकता हो ”
तिन चार जना विद्यार्थी लिएर सुरु गरिएको विद्यालय ६ बर्ष मनाउनै लाग्दा निकै सुखानुभुत गरिएको बताँउदै एकेडेमिक डाइरेक्ट हमालले भन्नुभयो “धेरै टाइम बितेको जस्तो लाग्दैन हिजो मात्र थियौ जस्तो लाग्छ तर हामीले यतिका समय पार गरिसकेछौं, बयस्क हुन बाँकीनै छ, बामे सर्ने दिन चाँही हामीले पार गरिसक्यौ, तर अझ टुकुटुकु हिडेर दौडनै बाँकी र त्यो दौडमा अविभावकको सहयोग मिल्ने छ भन्ने आशा लिएका छौ” ।
विद्यालय स्थापन दिवसको कार्यक्रममा विद्यावारीधी गर्ने विद्यालयका दुई जना अविभावक डा भरत भण्डारी र डा प्रकाश आचार्य लाई सम्मान समेत गरिएको थियो । सम्मान पछि कार्यक्रममा मन्तव्य राख्दै अविभावक डा. भरत भण्डारीले सम्मानीत गर्ने विद्यालयको निर्णयले आँखामा आँसु आएको बताँउदै सम्मानले थप जिम्मेवारीबोध गराएको बताउनुभयो ।
विद्यालयकी शिक्षिका सिमरन महर्जले सञ्चालन गर्नुभएको कार्यक्रममा तारकेश्वर नगर प्याब्सनका अध्यक्ष एवं एन्जल्स हार्ट स्कुलका प्रिन्सीपल धन बहादुर पुन, बिभिन्न विद्यालयका प्रधानाध्यापकहरु, टोल सुधार समिति तथा बिभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, अविभाबकहरु सहित विद्यालयका सञ्चालक यम बहादुर छन्त्याल, दिल बहादुर बुढाथोकी, एन्जल्स स्पोर्टका अध्यक्ष खिम थापा, विद्यालयकी को अडीनेटर इम कुमारी गुरुङ, लेखा प्रमुख शर्मिला गिरी, सुजना बस्नेत लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले कौडा नृत्य, स्काउट नृत्य, सातै प्रदेशलाई समेटीएको संस्कृति नृत्य, म्युजीकल पिटी योगा, प्रत्यक्ष लाखे नाँच, लगायतका मनोरञ्जनात्मक प्रस्तुती राखेका थिए ।
कार्यक्रममा विद्यालयबाट दोस्रो मेयर कप रनिङ शिल्ड प्रतियोगितामा सेकेन्ड सनरप बिजेता साइमन महर्जन, स्वाती श्रेष्ठ र सुचित्रा गुरुङलाई बाग्मती प्रदेशका सभासद अमन मास्केले सम्मान गर्नुभएको थियो ।

May be an image of 7 people, child, people dancing and text

May be an image of 8 people, child, people dancing and text

May be an image of 7 people, people dancing and text that says 'Annual PAREN 6th'

dff

May be an image of 5 people

May be an image of 3 people and textMay be an image of 10 people

May be an image of 10 people and text

May be an image of 10 people, child, dirndl and text

cvcv

May be an image of 5 people and text that says 'ESTD.2063 "Let Me Do Myself" ANGELS' HEART NATIONAL SCHOOL ANGELS' KIDS MONTESSORI PRE-SCHOOL Angels' Kids EDO MYSELF Montessori choo ua 201 80'

May be an image of 4 people and text that says 'LS' KIDS MONTESSORI PRE-SCHOOL Angels' Kids Montessori Pre- School AraueI CA I'

May be an image of 11 people and text

May be an image of 2 people, crowd and text

May be an image of 8 people and text

May be an image of 5 people and people smiling

May be an image of 4 people

xcc

प्रतिक्रिया दिनुहोस्

Array