उदयपुरमा भएको जीप दुर्घटनाप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ चैत्र २०८०, बिहीबार
1 Min Read
Aa

धरान, धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको को १ ज २५९३ नम्बरको बलेरो जीप उदयपुरको बेलका नगरपालिका वडा नं. ७ स्थित बाखाकुवा भन्ने स्थानमा दुर्घटना हुँदा चालक सहित ७ जनाको मृत्यु र ९ जना गम्भीर घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ ।सभापति देउवाले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ । साथै, घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गर्नु भएको छ । पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकोले तत्काल एक कार्यदल गठन गरी घटनाहरुको गहिरो अध्ययन गरेर यस्ता घटनाहरुलाई न्यूनिकरण गर्न गराउन सरकारको ध्यानाकृष्ट समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array