सिन्धुलीमा शुुक्रबार बिहान कुकर बम विष्फोट

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ चैत्र २०८०, शुक्रबार
1 Min Read
Aa

सिन्धुलीमा शुुक्रबार बिहान ३ बजेको समयमा कुकर बम विष्फोट भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका वडा नं.१ दुम्जा डाँडा स्थित वि.पि.पार्कमा नेपाल टेलिकमको टावर नजिक कुकर बम बिष्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । नेपाल टेलिकम (NTC) को टावरमा केही पड्कीएको जस्तो आवाज आएको स्थानियले बताएका छन् । स्थानियले खबर गरेपछि घट्नास्थलमा पुगेको प्रहरी चौकी कुशेश्वर दुम्जाको टोलीले कुकर बम पड्किएको पुष्टि गरेको छ । नेपाल टेलिकमको टावर कम्पाउण्ड भित्र रहेको पक्की घरको झ्यालमा अपरिचित समुहले कुकर बम पड्काएको डिसपि दाहालले बताउनुभयो ।उक्त कुकरको बिर्को टावर कम्पाउण्ड भित्र रहेको पक्की घरको झ्यालमा अड्किएको, कुकरको भाग भुईँमा रहेको, नजिकै दुईवटा पेट्रोलको गन्ध आउने खाली बोतल र पिपल लिब्रेसन आर्मी PEOPLE LIBERATION ARMY जनमुक्ति सेना नामक पर्चा पम्प्लेट समेत फेला परेको डिएसपि दाहालले जानकारी दिनुभयो । उक्त बिष्फोटबाट टावरमा क्षति नभएको तर भवनको झ्यालको भागमा सामान्य क्षति पुगेको डिएसपि दाहालले बताउनुभयो । घटनामा संम्लग्न अपरिचित व्यक्तिहरुको खोज तलास कार्य तथा थप अनसुन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

sindhulisaugat

प्रतिक्रिया दिनुहोस्

Array