नेपाल समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समिति बैठक बोलायो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ चैत्र २०८०, शुक्रबार
1 Min Read
Aa

नेपाल समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समिति बैठक बोलाएको छ। नेसपा कार्यालय प्रमुख रोशन पोखरेलले पार्टीको आगामी संगठनात्मक नीति तथा कार्यक्रम तय गर्नका लागि चैत ४ गते केन्द्रीय कार्यकारिणी समिति र ५ गते केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिए। उनले भने,‘पार्टीको आगामी संगठनात्मक नीति तथा कार्यक्रम तय गर्नका लागि बोलाइएको हो।’

पार्टी कार्यालय प्रमुख पोखरेलले पार्टीको बैठकबारे सामाजिक सञ्जाल, सञ्चारमाध्यममा आएका कुनै पनि गलत सूचनाको पछाडि नलाग्न र बैठकमा सहभागी हुन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array