खुलामञ्च हिजो जस्तो थियो, त्यस्तै रहनुपर्छ : पूर्वमन्त्री मोदी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ चैत्र २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य अमन लाल मोदीले काठमाडौंको खुलामञ्च हिजो जस्तो थियो, त्यस्तै रहनुपर्ने बताएका छन् ।  शुक्रबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै मन्त्री मोदीले काठमाडौं महानगरपालिकाले खुलामञ्चको स्वरुप बदल्न खोजेको खबर आइरहेको भन्दै विरोधका सुचना राख्ने ठाउँको रुपमा खुलामञ्च हिजोकै स्वरुपमा रहनुपर्ने बताएका हुन् ।
‘तपाई हामी सबैलाई थाहा छ कि लोकतन्त्रमा बोल्ने अधिकार या आफ्नो विरोधको सुचना गर्ने ठाउँ काठमाडौंमा छैन । साँघुरो अवस्था छ । रत्नपार्कको खुलामञ्च हिजो जस्तो थियो, त्यस्तै रहोस । महानगरपालिकाले अर्कै प्रयोजनका निम्ति काम गर्न खोजेको भन्ने छ, त्यस्तो नभइकन खुलामञ्चलाई विरोधको सुचना राख्ने स्वरुपको रुपको राखियोस्’ उनले भने ।
त्यस्तै मोदीले पर्याप्त स्रोत र साधनको अभावमा हुलाकी राजमार्गको काम अगाडि बढ्न नसकेको बताउँदै अविलम्ब अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘धेरै वर्षदेखि पर्याप्तस्रोत साधनको अभावमा हुलाकी राजमार्गको काम भएको छैन’ उनले भने, ‘मेरो निर्वाचन क्षेत्रको कटहरी क्षेत्रको काम पनि प्रभावित भइरहेको छ, उक्त काम दू्रत गतिमा होस । भुक्तानी बाँकी भए भुक्तानी गर्नका लागि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

Array