तारकेश्वर नगरपालिका र नेपाल मनोरेल कम्पनी बिच तारकेश्वरमा पर्यटकीय मनोरेल सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ चैत्र २०८०, आईतवार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका क्षेत्रमा पर्यटन प्रबद्धनका निम्ती पर्यटकीय मनोरेल सञ्चालनका लागि तारकेश्वर नगरपालिका र नेपाल मनोरेल कम्पनी बिच आज सम्झौता पत्रमा हस्तारक्षर भएको छ ।
गैर आवासीय नेपाली संघ एनआरएनएको आज काठमाण्डौंमा भएको साधारण सभामा तारकेश्वर नगरपालिका र दक्षिण कोरीयाको प्रतिष्ठीत डेलिम मनोरेल कम्पनीको नेपाल स्थीत आधिकारीक प्रतिनिधि संस्था रहेको नेपाल मनोरेल कम्पनी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

No description available.
गैर आवासीय नेपाली संघका पुर्व अध्यक्ष शेष घलेको उपस्थीतिमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन र नेपाल मनोरेल कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संगीता कार्कीले सम्झौतापत्रमा संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो । सम्झौता पत्रमा गैर आवासीय नेपाली संघका अध्यक्ष बिनोद कुंवर, तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त र कोरीयन कम्पनीका तर्फबाट जिहोन सुङले रोहबरमा हस्ताक्षर गर्नुभयो ।

No description available.
सम्झौता पछि कम्पनीले प्रचलीत कानुनको अधिनमा रही तारकेश्वर नगपालिका भित्र पर्यटन प्रवद्र्धनका लागि मनोरेल तथा स्काइ वार्क, जिप लाइन, मिराकल पार्क, रिभर्स बन्जी, हाइकीङ तथा टेकीङ रुटको निर्मणका कामहरु गर्ने छ । जस्का निम्ती कम्पनीले गैर आवासीय नेपाली तथा कोरीयन कम्पनी मार्फत उक्त कार्यका लागि श्रोत जुटाउने छ भने तारकेश्वर नगरपालिकाले उक्त परियोजनाका निम्ती आवश्यक पर्ने जग्गाको व्यवस्था मिलाउने सम्झौता पत्रमा उल्लेख गरिएको छ । त्यस्तै उक्त परियोजनाका निम्ती आवश्यक पर्ने जनशक्ति छनौट गर्दा योग्यता र क्षमताको आधारमा तारकेश्वरबासीहरुलाई प्राथमीकता दिइने तथा परियोजना निर्माणपछि प्रयोगका लागि नगरवासीहरुलाई निश्चीत छुटको समेत व्यवस्था हुने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

No description available.
सम्झौता पत्रमा हस्ताक्षर पछि तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले तारकेश्वर नगरपालिकाको पर्यटन प्रबद्धनका निम्ती एतिहाँसीक सम्झौता भएको बताउनुभयो ।
सम्झौता व्यवहारीक रुपमा कार्यन्वयन गर्न नगरपालिका दृढ भएर लाग्ने बताँउदै नगरप्रमुख महर्जनले परियोजना सम्पन्न भएपछि तारकेश्वरमा आन्तरीक र बाह्य पर्यटन प्रबद्र्धनमा ठुलो टेवा पुग्ने बताउनुभयो ।
गैर आवासीय नेपाली संघका अध्यक्ष बिनोद कुंवरले परियोजनामा लगानीको श्रोत जुटीसकेको बताँउदै परियोजना पुरा गर्न दुवै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।
सम्झौता कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त, तारकेश्वर नगरपालिकाको बिकास तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण बहादुर घिमिरे, तारकेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष श्यामकृष्ण खडगी, तारकेश्वर नगरपालिकाको सामाजिक विकास समितिका संयोजक एवं वडा नं ३ का अध्यक्ष परशुराम अर्याल, वडा नं १ का अध्यक्ष बिदुर सापकोटा समेतको उपस्थीति रहेको थियो ।
तारकेश्वर नगरपालिकाका बिकास तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण बहादुर घिमिरेले पर्यटकीय मनोरेल सञ्चालन सम्बन्धी परियोजनामा हस्ताक्षरहुनु तारकेश्वर नगरपालिकालाई पर्यटनको हब बनाउने गुड स्टाटीङ रहेको प्रतिकृया दिनुभयो ।
डा. घिमिरेले परियोजना सञ्चालन पछि नगरपालिकाको आन्तरकि आय बृद्धि र रोजगारीका अवसर समेत सृजना हुने बताउनुभयो ।

No description available.

No description available.

ghjhj

प्रतिक्रिया दिनुहोस्

Array