केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तारकेश्वरका खेलाडीले जिते २ स्वर्ण सहित ९ पदक

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ बैशाख २०८१, शनिबार
12 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । केन्द्र स्तरीय १४ औ राष्ट्रपति रनीङ शिल्ड खेलकुद प्रतियोगितामा तारकेश्वर नगरपालिका खेलाडीहरुले ९ वटा पदक जितेका छन् ।
हिजो सम्पन्न प्रतियोगितामा बाग्मती प्रदेशको प्रतिनिधित्व गदै तारकेश्वर नगरपालिकाका खेलाडीले २ स्वर्ण, २ रजत र ५ कास्य गरी ९ पदक जितेका हुन् । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा भएको प्रतियोगितामा ७५३ स्थानिय निकायको प्रतिनिधित्व गदै सातै प्रदेशबाट ६ सय ८६ खेलाडी सहभागी थिए ।
प्रतियोगितामा बागमती प्रदेशले १७ स्वर्ण, १३ रजत र १५ कांस्यका साथ दोश्रो स्थान हाँसील गर्न सफल भयो । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा काठमाण्डौं जिल्लाको टिम च्याम्पीयन तारकेश्वर नगरपालिकाले केन्द्र स्तरीय प्रतियोगितामा बाग्मती प्रदेशलाई दोश्रो स्थान दिलाउने महत्वपुर्ण भुमिका निर्वाह गर्यो । एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलमा ६६ स्वर्ण पदकका लागि देशैभरका खेलाडी बिच भएको प्रतिस्पर्धामा तारकेश्वर नगरपालिकाका खेलाडीले २ स्वर्ण सहित ९ पदक जितेका हुन् ।
तारकेश्वर नगरपालिकाबाट सामुदायिक र संस्थागत विद्यालयका खेलाडीहरुले एकएक गरी दुई स्वर्ण पदक जितेका छन् । जस अनुसार कराँते तर्फ ४० केजीमा मानसिंह धर्म मा.विका खेलाडी करुण गेडालले स्वर्ण पदक जितीन भने एथलेटिक्स तर्फ १०० ४ रिले दौडमा लालिगुराँस स्कुलका सन्त बा दराइलीले स्वर्ण पदक जिते । तारकेश्वर नगरपालिकाका खेलाडीले ६ विधामा भएको खेलहरु मध्य कराँते, उसु र एथलेटिक्समा पदक जितेका छन् ।

No description available.

No description available.
त्यस्तै उसु तर्फ ४२ केजीमा आयुष्णा अधिकारी रजत, एथलेटिक्स तर्फ ४०० मिटर डौडमा सन्त बा दराईले रजत पदक जितेका छन् ।
त्यस्तै कराँते तर्फ ४५ केजीमा अनु मोक्तानले कास्य, उसु ४५ केजीमा अंकीता श्रेष्ठ कास्य, एथलेटिक्स तर्फ १५०० मिटर दौडमा छात्रा तर्फ अस्मीता भुजेल कास्य, २०० मि दौडमा सन्त बा दराई कास्य र सटपुटमा छात्रा तर्फ एलिना बिक कास्य पदक जितेका छन् ।
एथलेटिक्स तर्फ ३ वटा खेलमा सहभागी भएका सन्त बहादुर दराईले तिनवटै खेलमा एक स्वर्ण,एक रजत र एक कास्य पदक जिते । उनी लालिगुराँस स्कुलका बिद्यार्थी खेलाडी हुन् ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तारकेश्वर नगरपालिकाका खेलाडीले २ स्वर्ण सहित ९ पदक जित्नु एतिहाँसीक र सुखद रहेको बताँउदै बिजेता खेलाडी, प्रशिक्षक सहित सबैलाई सुभकामना व्यक्त गर्नुभयो ।
नगरप्रमुख कृष्ण हरि महर्जनले चालु आर्थिक बर्षमा खेलकुद क्षेत्रको बिकासका निम्ती नगरपालिकाबाट १ करोड भन्दा बढी रकम बिनियोजन गर्नुभएको छ । पुर्व खेलाडी समेत रहनु भएका नगरप्रमुख महर्जनको सक्रियतामा तारकेश्वरले यो दोश्रो पटक प्रतियोगितामा सहभागीता जनाएको हो । पहिलो पटक काठमाण्डौं जिल्लामा दोश्रो स्थान हाँसील गरेको तारकेश्वर नगरपालिकाले यस पटक भने काठमाण्डौं जिल्ला च्याम्पीयन बन्न सफल भएको थियो ।

No description available.

राष्ट्रपति रनिङ सिल्डमा सुदूरपश्चिम पहिलो पटक टिम च्याम्पियन
काठमाडौं, बैशाख ६ गते । सुदूरपश्चिम प्रदेशले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार पहिलोपटक टिम च्याम्पियन बनेको छ । सुदूरपश्चिमले १९ स्वर्ण, १२ रजत र १८ कांस्य जित्यो ।
बागमती १७ स्वर्ण, १३ रजत र १५ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको कर्णालीले १० स्वर्ण, ५ रजत र १६ कांस्य हात पा¥यो । ८ स्वर्ण, ९ रजत र ९ कांस्य जितेको कोशी चौथो भयो । अघिल्ला तीन संस्करणमा लगातार उपाधि जितेको लुम्बिनी ६ स्वर्ण, ११ रजत र १८ कांस्यसाथ पाँचौं स्थानमा रह्यो । सात प्रदेश टिमको सहभागिता रहेको प्रतियोगितामा ३ स्वर्ण, १० रजत र १३ कांस्यसाथ गण्डकी छैटौं तथा ३ स्वर्ण, ६ रजत र ९ कांस्यसाथ मधेश सातौं भए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा भएको प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ८६ खेलाडी सहभागी थिए । एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो ।
जम्मा ६६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । एथलेटिक्सको छात्र÷छात्रामा समान १३–१३ गरी २६ स्वर्ण, कराते, तेक्वान्दो र उसुको छात्र÷छात्रामा समान ६–६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र÷छात्रमा समान १÷१ गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

एथलेटिक्समा एकैदिन ३ कीर्तिमान बन्दा आशिषले ३६ वर्षअघिको कीर्तिमान तोडे
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको अन्तिम दिन बिहीबार ३ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपलजम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गरी स्वर्ण जिते । आशिषले २०४४ सालमा धनवीर चौधरीले बनाएको १४.०६ मिटरको कीर्तिमान तोडेका हुन् । प्रतियोयगितास्थलमै रहेका धनवीरले आशिषलाई प्रोत्साहन स्वरुप नगद पनि प्रदान गरेका थिए । बागमती प्रदेशका विशाल गुरुङ दोश्रो तथा लुम्बिनी प्रदेशका विजय थारु तेश्रो भए । सो स्पर्धाको छात्रामा लुम्बिनीकी अनिशा थारु पहिलो भइन् । अनिशाले १०.५७ मिटर जम्प गरिन् । सुदूरपश्चिमकी रेनुका ऐर दोश्रो तथा बागमतीकी अपेक्षा महतो तेश्रो भए ।
छात्रा ३ हजार मिटर दौडमा सुदूरपश्चिमकी देवकीकुमारी धामीले जुनियर राष्ट्रिय कीर्तिमानसहित पहिलो भइन् । देवकीले निर्धारित दूरी १० मिनेट ५२.८२ सेकेन्डमा दौड पूरा गर्दै २०७५ सालमा राममाया बुढाले स्थापित गरेको १० मिनेट ५७.२ सेकेन्डको कीर्तिमान तोडिन् । लुम्बिनीकी गुञ्जा यादव दोश्रो तथा कर्णाली प्रदेशकी कल्पना बुढा तेश्रो बने । उक्त स्पर्धाको छात्रमा कर्णाली प्रदेशका अजय विकले स्वर्ण जिते । उनले दूरी पूरा गर्न ९ मिनेट २४.२ सेकेन्ड समय लगाए । बागमतीका विश्वराम कुँवरले रजत तथा कर्णालीका अक्कल बडुवालले कांस्य हात पारे ।
छात्रा ४ गुणा ४ सय मिटर रिलेमा भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राना सम्मिलित कर्णाली टोलीले कीर्तिमानी स्वर्ण जिते । उक्त टोलीले निर्धारित दूरी ४ मिनेट १७.२ सेकेन्डमा पार गरे । यसअघि उक्त कीर्तिमान लुम्बिनीका अरुणा रिजाल, पूर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालको नाममा ४ मिनेट २३.८ सेकेन्डको कीर्तिमान थियो । लुम्बिनी दोश्रो तथा सुदूरपश्चिम तेश्रो स्थानमा रहे । सोही स्पर्धाको छात्रमा सुदूरपश्चिम पहिलो, मधेश प्रदेश दोश्रो र बागमती प्रदेश तेश्रो बने ।
तीनदिने एथलेटिक्स प्रतियोगितामा योसहित जम्मा ५ जुनियर राष्ट्रिय कीर्तिमान बने । पहिलो दिन गण्डकीका गणेश विकले छात्र हाइजम्पमा १.८१ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए । दोश्रो दिन कर्णालीकी सरिता खड्काले छात्रा ८ सय मिटर दौड २ मिनेट २८.५ सेकेन्डमा पूरा गर्दै कीर्तिमान रचेकी थिइन् ।
बिहीबारै भएको सटपुटको छात्रमा कर्णालीका बालकुमार नकाल पहिलो भए । उनले १२.९५ मिटर टाढा फाले । सुदूरपश्चिमका गणेश विक दोश्रो तथा लुम्बिनीका सुराज थापा तेश्रो स्थानमा रहे । सो स्पर्धाको छात्रामा सुदूरपश्चिमकी कृष्णा बम १०.५७ मिटर टाढा फाल्दै शीर्ष स्थानमा रहिन् । सुदूरपश्चिमकै पूजा साउदले दोश्रो तथा बागमतीकी एलिना विक तेश्रो बने ।
छात्रको २ सय मिटर दौडमा मधेशका आदेशकुमार यादव पहिलो भए । उनले २२.८ सेकेन्ड समय खर्चे । सुदूरपश्चिमका चन्द्र बोहरा दोश्रो तथा बागमतीका सन्तबहादुर दराई तेश्रो भए । उक्त स्पर्धाको छात्रामा कोशी प्रदेशकी आरती चौधरीले निर्धारित दूरी २८.२ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । सुदूरपश्चिमकी रितु जोशीले रजत तथा गण्डकीकी एन्जल अधिकारीले कांस्य हात पारे ।
कबड्डी ः सुदूरपश्चिमलाई दोहोरो उपाधि
राष्ट्रपति रनिङ सिल्डको कबड्डीमा सुदूरपश्चिमले दोहोरो उपाधि जित्यो । सुदूरपश्चिम छात्र÷छात्रा दुवैमा पहिलो भयो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छात्रको फाइनलमा सुदूरपश्चिमले कोशीलाई ३२–२६ ले पराजित ग¥यो । लुम्बिनी र मधेश तेश्रो भए । छात्राको उपाधि भिडन्तमा सुदूरपश्चिमले लुम्बिनीलाई ४०–२७ ले हरायो । कर्णाली र बागमती तेश्रो भए ।
भलिबल ः लुम्बिनी र बागमतीलाई उपाधि
राष्ट्रपति रनिङको भलिबलमा लुम्बिनी र बागमती च्याम्पियन बनेका छन् । लुम्बिनी छात्र तथा बागमती छात्रामा पहिलो भएका हुन् । विजेता दुवै टोलीले गण्डकीलाई पराजित गरे ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको छात्र फाइनलमा लुम्बिनीले गण्डकीलाई २५–१७, २५–१४, १९–२५ र २५–१९ ले पराजित ग¥यो । कर्णाली तेश्रो भयो ।
छात्राको उपाधि भिडन्तमा बागमतीले गण्डकीलाई २५–१३, २५–१४ र २५–१४ को सोझो सेटमा हरायो । लुम्बिनी तेश्रो स्थानमा रह्यो ।
उसु ः बागमती टिम च्याम्पियन
राष्ट्रपति रनिङ सिल्डको उसुमा बागमती टिम च्याम्पियन बन्यो । बागमतीले ५ स्वर्ण, ५ रजत र २ कांस्य जित्यो ।
त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको प्रतियोगितामा सुदूरपश्चिम ५ स्वर्ण, ३ रजत र ३ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको कोशीले समान २–२ स्वर्ण र कांस्य हात पा¥यो । १२ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा दोश्रो दिन ८ स्वर्णको टुंगो लागेको थियो ।
दोश्रो दिन सान्सौंको छात्र ४२ केजीमा सुदूरपश्चिमका सुशान्त चौधरी, ४५ केजीमा सुदूरपश्चिमका मोहन विष्ट र ४८ केजीमा बागमतीका अरुण सुनारले स्वर्ण जिते ।
सान्सौंकै छात्रा ४२ केजीमा सुदूरपश्चिमकी दिक्षा साउद, ४५ केजीमा सुदूरपश्चिमकी सपना कार्की र ४८ केजीमा कोशीकी सरु राई पहिलो भए । छाङछ्वानको पुरुषमा बागमतीका हिमान्शु खड्का तथा महिलामा सुदूरपश्चिमकी दिपिका चौधरीले शीर्ष स्थान हात पारे ।
तेक्वान्दो ः बागमतीनै च्याम्पियन
राष्ट्रपति रनिङ सिल्डअन्तर्गत सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको तेक्वान्दोमा ४ स्वर्णसाथ बागमती अगाडि रह्यो । स्वर्णका अलावा बागमतीले थप १ रजत र ५ कांस्य पनि जित्यो ।
कोशी ३ स्वर्ण, ३ रजत र ५ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको सुदूरपश्चिमले ३ स्वर्ण र उत्तीनै कांस्य पायो । मेधश र कर्णालीले १–१ स्वर्ण हात पारे ।
जम्मा १२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । पहिलो दिन ७ स्पर्धाको फाइनल भएको थियो । बाँकी ५ स्पर्धाको छात्रा ४४ केजीमुनि झरना नाथ र ४६ केजीमुनि दीपा जैसी तथा छात्र ४८ केजीमुनि शिशीर ठगुन्ननले सुदूरपश्चिमलाई स्वर्ण दिलाए । छात्र ५५ केजीमुनि बागमतीका निश्चल धोली तथा छात्रा ४९ केजीमुनि कोशीकी रेस्मा भुजेलले पहिलो स्थान हात पारे ।
कराते ः बागमती फेरि च्याम्पियन
राष्ट्रपति रनिङ सिल्डको मार्सल आर्ट्समा वर्चश्व जमाएको बागमती करातेमा पनि टिम च्याम्पियन बन्ने क्रममा ४ स्वर्ण, २ रजत र २ कांस्य पदक हात पा¥यो ।
सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोयगितामा कोशी २ स्वर्ण, ५ रजत र १ कांस्यसाथ दोश्रो भयो । २ स्वर्ण, १ रजत र १ कांस्यसाथ लुम्बिनीले तेश्रो स्थानमा चित्त बुझायो । कर्णाली र सुदूरपश्चिम समान २–२ स्वर्ण प्राप्त गरे । करातेमा पनि १२ स्वर्णकै लागि भिडन्त भएकोमा पहिलो दिन ८ स्वर्णका प्रतिस्पर्धा भएको थियो ।
छात्रको ४२ केजीमुनि लुम्बिनीका शिखर नेपाली तथा ५२ केजीमुनि कर्णालीका लक्ष्मणकुमार शाही पहिलो भए । छात्राको ६० केजीमुनि सुदूरपश्चिमकी सोनिया तिरुवा तथा ४५ केजीमुनि कर्णालीकी प्रियंका शाहीले स्वर्ण चुमे ।

प्रतिक्रिया दिनुहोस्

Array