ने.का प्रदेश सभा क्षेत्रीय कार्यसमिति काठमाडौं ६ (ख) ले भोली बैशाख २९ गते आयोजना गरेको कार्यक्रम स्थगीत, अर्को कार्यक्रम कहिले ?

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ बैशाख २०८१, शुक्रबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति काठमाडौं ६ (ख) भोली बैशाख २९ गते शनिबार आयोजना गरेको कार्यक्रम स्थगीत भएको छ ।
पुर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता सूर्यमान गुरुङको असामयीक निधन भएकाले उहाँको शोकमा पुर्व निर्धारीत कार्यक्रम स्थगीत गरिएको नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति काठमाडौं ६ (ख) को दोस्रो प्रदेशसभा सम्मेलन , प्रोफाईल लोकार्पण र सम्मान कार्यक्रममा भोली बैशाख २९ गते नेपाली काँग्रेसका केन्द्रीय सदस्य, प्रमुख सचेतक एवं पुर्वमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा तारकेश्वर नगरपालिका वडा नं १० स्थीत त्रिवेणी व्याङक्वेटमा आयोजना गरिएको थियो । स्थगीत भएको उक्त कार्यक्रम जेष्ठ ५ गते शनिबार सोही ठाँउमा पुर्व निधारीत समयमानै आयोजना गरिने सभापति तिमिल्सीनाले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति काठमाडौं ६ (ख) ले पुर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता स्व सुर्यमान गुरुङको निधन भएको दुखद् घडीमा स्वर्गीय आत्माप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै सोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

त्यस्तै पुर्व रक्षा मन्त्री एवं नेपाली काँग्रेसका नेता भिमसेनदास प्रधान, नेपाली काँग्रेस क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खडगी, नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति काठमाडौं ६ (क) का सभापति ख्याम तिवारी, नेपाली काँग्रेस तारकेश्वर नगरसभापति एवं तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले स्व नेता गुरुङको निधन प्रति दुख व्यक्त गदै सोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array