समुदायका घर र सडक का कुकुर हरु : बिरामी वा बूढा भएपछि किन अस्वीकार गरिन्छ ?
रमेश कुमार शर्मा, सी इ ओ , नेपाल स्ट्रीट डग म्यानेज्मेन्ट अर्गनाइजेसन
१. समस्या
नेपालका सडक कुकुरहरू समुदाय मा आशृत जिब भए पनि तिनीहरूको जीवन त्यस्बेला कठिन बन्दछ जब तिनीहरू बूढा, बिरामी वा अशक्त हुन्छन । समुदायले पहिले स्याहार गर्ने गरेको कुकुर पनि जब असक्त रोगी हुन्छ, उनीहरू त्यस्ता कुकुर लाइ थप स्यहार र माया दिने होइन हेला गर्ने र पन्छाउन खोज्ने हुन्छन । घरधनीहरूले समेत अघिसम्म आफु सङ्गै राखेको घर पलुवा कुकुर बिरामी भएपछि अनजान ठाउँमा लगेर फाल्ने गरेको धेर बास्तबिक घटना हरु यहा छन ।
२. विभिन्न घटनाहरू
एक दिन बिहानै थान्कोट तिर बाट घोर्ले कोइ केटो ले फोन गरेर बोल्दै थियो, अलि बुढो कुकुर हो , आएर सुइ हानि सुताइदिनु पर्यो । उस्ले आदेस दिने भाषा मा फोन गर्यो । फोन सुन्दै अडकल मिलाउदा उनिहरु कसैले केहि बर्स अघी देखि घर को कुकुर फ्यालि सडक बासि बनाएको र खाना न पाउदा कुकुर सडक मा झन बिरामि हुदै गएको अन्दाज गर्न सकिन्थ्यो । अब कम्जोर कुकुर लाइ दुइ एक चोटि गाडि ले हानेको मा पनि दया नगरेको, उपचार न गराइ दिएको र अहिले बेहालत कुकुर उठन न सक्ने भएको लाइ मारौ छुट्टि गरौ कोइ कुकुर वादि सस्था लाइ धम्काएर झुक्याएर भए पनि बोलाम । न आए वेब साइट मा नेगेटिभ कमेन्ट लेखि दिन्छु भन्दै ब्ल्याक मेलर ले लेख्ने काम पनि गरेको थियो ।
त्यस्तै भक्तपुर मा एक रात आफ्नै टोल ओरिपरि बस्ने टोल को कुकुर ले भुक्यो भनेर दुइ जड्याहा मद्धे एक ले बोत्तल ले हानेर आखा निकालि दिएको रहेछ स्थानिय कुकुर को । उस्कै साथिले अबेर राति आत्तिएर फोन गरेको थियो । कुरा जति मिलाए पनि प्रश्न को फन्दा मा साचो कुरो सकार्यो । केस बाट जोगिने मन भए बिहान स्थानिय भेट सप बाट औसधि गराइ दिनु भनेर कुरा टुङ्याइयो ।
चार बर्स जती पहिले तारकेस्वर हिलेडोल को एक स्थानिय ट्यापेले तिहार ताका राति अति धोकेर आएको बेला स्थानिय अन्धो बुढो भोटे कुकुर, जड्याहा आएको देखी बेस्सरि भुकेछ । जाडले टिल्ल परेर आउदा, म लाइ भुक्ने भनेर बियर को बोत्तल ले हानेको हानै गरेछ ट्यापेले । आखा न देख्दा कुकुर भाग्न पनि सकेन काराए रोएको थियो निकै बेर तर कोइ बचाउन बाहिर आएनन, कोहो के हो भनेर कोइ कराएनन । सधै को ट्यापे सङ्ग निहु किन खोज्ने भनेर सब चुप वसिदिए आधा घण्टा आखा न देख्ने बुढो कुकुर लाइ खेदेर कुटि रहदा सब चुप बसे । कुकुर बस्ने तिर पसले को सि सि क्यामेरा जडान थियो तर फुटेज माग्दा बिग्रेको छ भनेर फुटेज दिएन । दुइ दिन पछि मात्र कुकुर भेटियो उपचार सुरु गर्दा दुइ लिटर जसो रक्त श्राब घटनाकै दिन भएर सडक ट्यान्कर मा पानी मगाइ सफा गरेको रहेछ । कुकुर बचेन मर्न गयो । अपराधी को नाम नदिएर टोले ले तेस्लाइ बचाए ।
बालाजु १६ कुमारि थान तिर एक चोटी घर को कुकुर हेरिदिनुन भनेर लिएर गए स्थानिय ब्यक्ती ले । चिया खिलाएर आफ्नो घर को एक सग्लो कुकुर शेल्टर मा राखि दिनुन कतै भनेर भन्दा रहेछन । त्यो कुकुर लाइ केही रोग बिराम थिएन तर उस्ले आफुलाइ त्यो घर बाट हटाउन खोजेछ भनेर दिएको खाने कुरा लगाएत मा सन्का गर्ने, कुनै औसधी खिलाउन खोज्दा समते प्रतिकार गर्ने रहेछ । कुकुर ले औसधि खिलाउदा न मान्ने रिसाउने, खाना मा सन्का गर्दो रहेछ बिसादि दिन्छ भनेर, अनि नखाने रहेछ । त्यो घर छाडेर आफै जाने बाहिर को कुकुर सङ्ग जुध्ने उसङ्ग हिम्मत थिएन ।
पोखरा को एक बहिनी ललितपुर बिहे भएको रहेछ्, डग लभर हुनुहुदो रहेछ । घर मा कुकुर मन नपराए पनि कसैले फ्यालेको एक ठुलो सेतो ब्रीड कुकुर लाइ दैनिक खाना हरु दिएर स्याहार्नु भएको रहेछ । त्यो कुकुर गेट खुल्दा कम्पाउण्ड भित्र पनि जादो रहेछ नभए बाहिर कुर्दो रहेछ । घर मा कुकुर मन नपराउने हरु रहेछन । एक दिन कर्मी आएको बेला त्यो कुकुर सुतेको पुच्छर मा टेकेछ्, उस्ले अन्जान मै हठात प्रतिकार गर्दा टोकी दियो । त्यती बहाना मा श्री मान ले एस्लाइ काठमाण्डु कटाएर फ्यालेर हिडे छन । खुबै भौतारिदै , दुख पाउदै कुकुर मर्यो । तेस्लाइ तारकेस्वर लोकतान्तृक चोक्, कहिले माछा पोखरी मा भेटदा खाना औसधी त दिएको हो तर घर छुटे पछी उस्को जागर उत्साह खान मन सबै निस्तेज हुदै गएको देखियो । त्यो उज्यालो ठुलो ज्यान भएको सानो उमेर को सेतो कुकुर उ एक दिन बेवारिसे भएर ढल्यो ।
एक खोला कुमारि थिइन पालेर फ्यालेको, अनि जन्क्कि हरुको हात मा परि अनेक किसिम को शोसण क्रुरता मा परेर मान्छे देख्यो कि आत्तिने पर भाग्ने भएको । उ तारकेस्वर महादेभ खोला तल बस्ने माथी न आउने रात भर रुने गर्थी । निकाल्न जादा तर्सिने झम्टने गर्दथी । आफ्नो पिछे कुनै घाउ पनि थिएन तर बारम्बार हेर्थी झस्की रहने डराउने गर्दथी । उस्लाइ लगातार खिलाउन , गै रहे पछी अलिकती बिस्वास गरी र एक दिन आफै माथी आइ र हिडेर लोकतान्तृक चोक गएर एक चिया सप को बेन्ची तल लुकेर बस्न थाली । उस्को नाम खोला कुमारी राखेको थिए , उस्को टिक्टक लाखौले हेर्थे । उस्को अप्रेसन गराउने काम गराइ दिए र त्यो रुट दैनिक पुग्ने हुदा त्यो छ बर्स पैले भेटेको कुकुर्नी लाइ अहिले नि केही खान दिन्छु ।
तिन बर्स पहिले कुकुर खोज्न हेल्प गर्नु न अन्काल भनेर दिन भर गुनासो गर्ने नानी सङ्ग ललित पुर बस्ने तपाइ को कुकुर कसरी हात्ती गौडा पुगेर हरायो भन्दा अन्तिम मा बाजे ले मन नपराउने घरमा अरु नहुदा मान्छे लगाइ फ्याल्न लगाएको बताइन ।
बालाजु बशन्त नगर मा एक राम्री सेती फुची कुकुर्नी ले पाएको अति राम्रा बच्चा हरु , बसुन्धरा बाट बुवा छोरी कार मा एडोप्ट गर्ने भनेर आउनु भयो र एउटा फिमेल पप्पी लग्नु भयो । सानी नानी लाइ पछी पप्पी को उति चासो भएन होला । वाजे ले कोभिड को बेला घरमा एक बर्स पालेको छाउरि , मालि लाइ जा सुकै लग भनेर दिएर घर बाट निकाली छाडेछन । सोध्दा, ल पु लग्यो माली को घर तिर टोल मा छाडी दियो होला भन्यो तर बास्तविक कहा फ्याल्यो था छैन । यता आफु सङ्गै रहेको भए बन्ध्याकरण गराइ दिने थिए , उस्को जिवन बिजोग पार्यो एडोप्ट गर्छु भनेर लग्ने ले ।
परासि तिर को एक फेमिलि पुर्तगाल सरेपछि आफ्नो प्यारो स्यानो ब्रीड कुकुर नातेदार केटि लाइ राख्न दिएको रहेछ्, पछी मिले लिएर जाने भनेर । त्यो केटि ले केही समय पछी कुकुर राम्रो सङ्ग खाने बस्ने गरेन तिमि सक्छौ भने लगेर हेर न भनेर बुटोल तिर को केटा साथि लाइ दिएर पठाइछिन । त्यो केटा ले अलि पछी त्यो कुकुर लाइ काठमाण्डु नेपाल टार पुल मा ल्याएर फ्यालेर हिडे छ । त्यो बे हालत कुकुर को मैले पोस्ट राखे पछी पुर्तगाल देखि कुकुर चिनेर रुवा बासि भयो । दुइ दिन पुल मा मुर्ती जस्तै बसेको त्यो फुचे सेतो अति सोझो कुकुर राति बेस्सरि पानी परे पछि कता हरायो जति बाइक दौडाउदा खोज्दा पनि भेटिएन । त्यो कुकुर जो जो ब्यक्ती कहा पहिले बसेको थियो सब ले फोन मेसेज सम्पर्क गरे , जसरी भए नि खोजी दिनुन भने, किन अर्को लाइ दिए छु भने । उस्लाइ पराइ कुकुर हरु ले टोक्यो होला , काचो केही नखाने त्यो निरिह प्राणी कता कुनामा पुगेर मर्यो भेटिएन कतै त्यस्पछी फेस्बुक को एक भाइरल पोस्ट भएर मात्र रह्यो ।
हस्कि ब्रीड को पोथी कुकुर बेहालत सेश्मती पुल छेउ मा एक पटक देखियो । कस्को कुकुर भनेर पोस्ट राख्दा मालिक म भन्ने छ जवान निस्के । एक जना ले छ महिना अघि आफु कहा बाट चोरिएको सम्म भने । कुकुर अर्को दिन फेरि गायब भयो । कोसैले लियो वा राख्यो । कुकुर चोर्ने, हराएको कुकुर माथी को पुरस्कार थाप्न दौडधुप गर्ने फरक लाइन समुह हरु रहेछन यहा भनेर बुझ्न पाइयो यो घटना बाट ।
रानी बारी तिर का साथि को समस्या यस्तो थियो । पहिला छोरि ले रहर गरेर ल्याएर पालेको अल्सेसियन कुकुर , छोरि पढन बिदेस प्रस्थान पछि , जागिर फिल्ड मा बुढाबुढि घर छोडेर जान कुकुर ले गर्दा मिलेन , कुकुर हेरिदिन कस्लाइ दिने ? सेल्टर ले लिदैन ?
यसै बर्स तारकेस्वर मन्दिर महादेभ खोला भित्र पाच बच्चा र माउ फ्यालेका थिए । रेस्क्यु गराएर मन्दिर पछि राखेको । गाडी मा कुकुर ल्याएर मन्दिर तिर छोडने ब्यक्ती हरु समात्न कार्यवाही गर्न सकेको छैन यहा । ति बच्चा हरु एक महिना पछि बिरामि भएर सब बच्चा मर्यो भने । माउ हामिले अप्रेसन गराइ दियौ । किरिया पुत्री लाइ छोइ छिटो हुन सक्छ भनेर मन्दिर ले कुकुर लघार्छ ।
धेर तिर नया बस्ती छन जहा नगर पालिका दुइ बर्स मा पनि आउन्न । कुकुर बन्ध्याकरण केहो था छैन्, आफुले २५ सय खर्च राखी क्लिनिक पठाउने कुरा त धेर टाढा छ । जबर्जस्ति पारा र उनिहरु को चलन टोल को पोथी कुकुर पैसा तिरेर बन्ध्याकरण न गराउने , बच्चा पाउछ कार्टुन बक्स मा हालि गाडिले किच्ने जाम हुने जक्सन ठाउ तिर फ्याल्न लगाउने । खोला छेउ तिर फ्याल्ने, वा अर्काको टोल मा फ्याल्ने । उनि हरु सरासर कार्यवाही का भागी छन , बच्चा कुकुर फ्यालि सडक एक्सिडेन्ट बढाइ दिएका छन ।
सडक कुकुरलाई हटाउनका लागि मानिसहरूले अनेक बहाना बनाउने गरेका छन्। केही उदाहरण:
- झुठा आक्रमणका आरोप: टोलका मानिसहरूले मिलेर कुकुरले टोक्यो भन्दै झुठा आरोप लगाउँछन्, जसले गर्दा नगरपालिका वा कुनै संस्था ले हस्तक्षेप गरेर कुकुरलाई अन्यत्र लगिदेओस् भन्ने चाहना हुन्छ। बर्सै भरी लगातार बन्ध्याकरण न गरिदा सिम्हदरबार र सन्सद भवन परिसर कुकुर हरु ले भरिन्छन र मिडिया बाजी गर्दै हटाउन नगर पालिका लाइ दबाब दिइन्छ ।
- गम्भीर अवस्थामा पुर्याएर दबाब सिर्जना: बिरामी वा अशक्त कुकुरलाई बेलैमा पानी, खाना नदिएर वा चोट लाग्दा उपचार नगरी उसको अवस्था गम्भीर बनाइन्छ। त्यसपछि कुकुर दयनीय देखिएपछि उद्धार संस्थालाई खबर गरेर लग्न दबाब दिन्छन्।
- अचानक ठाउँ परिवर्तन गरेर अलपत्र पार्ने: कुनै कुकुर समुदायमा बसेको वर्षौँ भइसक्दा पनि एकाएक अनजान ठाउँमा लगेर फ्याल्ने छोडने गरी दिन्छन । त्यो कुकुर ले पुन: आफ्नो ठाउँ पत्ता लगाउन सक्दैन, जता गयो स्थानिय कुकुर ले टोक्छन लघार्छन कतै टिक्न दिदैनन । जसले गर्दा थप कष्टकर स्थिति निम्तिन्छ, भोक टोकाइ को घाउ र तनाब ले उस्को मृत्यु पनि हुन सक्छ ।
३. समाधानका केही उपायहरू
- स्थाइ बन्ध्याकरण केन्द्र : तिन वडा लाइ सहज पर्ने एक स्थान मा स्थाइ बन्ध्याकरण केन्द्र खोलिनु पर्दछ जो बर्सै भरी काम गरोस र हप्ता को दुइ दिन अप्रेसन सर्जरी कार्य हरु को सुबिधा होस । सडक कुकुर लाइ निशुल्क र घरायसी कुकुर लाइ न्युन शुल्क लिएर बन्ध्याकरण गरियोस । रेट हरु न पा ले तोके को होस ।
- कानुन निर्माण ढिलाइ गर्ने रोकी राख्ने : सर्वोच्च ले २०१९ मा आदेश जारी गरेको भएता पनि जनावर हक हित सम्बन्धी बृहत कानुन ल्याउन ब्यापक ढिलाइ भएको छ , र निरिह जनावर ले क्रुरता खेप्नु परेको छ न्याय पाएको छैन ।
- महानगर को भुमिका : त्यस्तै महानगर ले घराएसी कुकुर दर्ता, माइक्रोचिप्, कुकुर फ्याल्दा ठुलो जरिवाना, घरायसी कुकुर बन्ध्याकरण न गराउदा ठुलो जरिवाना, घरको वा समुदाय को कुकुर फ्याल्ने लाइ ठुलो जरिवाना सजाय, एस्ता बिस्व भर चलेको पुरानो अभ्यास को रुपमा रहेका कुरा हरु पनि यहा ठोस निती नियम बनाइ कडाइका साथ लागु र अनुगमन गरेको छैन ।
- सडक कुकुरलाई अपनाउने मानसिकता विकास: समुदायले कुकुरलाई सुरुदेखि नै अपनत्व दिएर स्वीकार्नुपर्छ। तिनीहरूलाई टोल परिवारको सदस्यसरह व्यवहार गर्नु आवश्यक छ।
- स्थानीय निकाय र नीतिगत हस्तक्षेप: नगरपालिका र वडा कार्यालयहरूले सडक कुकुरको उचित व्यवस्थापनका लागि योजना ल्याउनुपर्छ। ‘एक समुदाय, एक कुकुर संरक्षक्’ , जनावर क्रुरता हेर्ने एनिमल पुलिस , सामुदाइक कुकुर भ्याक्सिन चोट पटक औसधी ब्यवस्था, जन सचेतना, एफ एम मिडिया मार्फत सचेतना सुचना जस्ता कार्यक्रम आवश्यक छ।
- ब्रीडर ब्यवस्थापन: दुइ बर्स को समयावधी दिएर न्युयोर्क मा ब्रीडिङ्ग ब्यवसाय गैरकानुनी बनाइ बन्द गरिएको छ । यहा का नगरपालिका हरु ले ,बिना लाइसेन्स का असन्ख्य ब्रीडर र घर घर खोर बनाइ कुकुर ब्रीडिङ्ग गरिने गैर कानुनी कारोबारी हरु लाइ रोक्न पहल गरेको छैन्, सकेको पनि छैन
- अस्पताल, उद्धार र पुनर्स्थापन केन्द्रको विस्तार: अशक्त कुकुरहरूका लागि थप अस्पताल तथा उद्धार केन्द्रको आवश्यकता छ। सरकारी तथा गैरसरकारी संघसंस्थाले त्यसतर्फ ध्यान दिनु पर्छ। उद्धार र पुनर्स्थापना केन्द्र नगर पालिका ले आफु नखोल्ने न चलाउने गरेको मा प्राइवेट खुलेका सन्स्था को आन्सिक खर्च र अभिभारा उठाइदिनु पर्दछ । पब्लिक प्राइवेट पार्टनर्शिप सहकार्य गर्दै घरायसी र सडक कुकुर ब्यवस्थापन प्रभाबकारी बनाउनु पर्छ ।
४. निष्कर्ष
समुदाय , सडक टोल मा कुकुर जनसन्ख्या जती न्युन भयो त्यती सकारात्मक सम्बन्ध मानब र कुकुर बिच बढद छ । कुकुर जन्य झै झगडा बिवाद्, रिसा रिस घटदै जान्छ । समुदायका सडक कुकुरहरू प्रती हामीले दया माया सदभाब देखाउनु आवश्यक छ। तिनीहरू बिरामी, बूढा वा अशक्त भए भन्दैमा हटाउने प्रवृत्ति अमानवीय छ। उचित व्यवस्थापन, दयाभाव र नीतिगत हस्तक्षेप बिना यो समस्या समाधान हुन सक्दैन। सबैको सहयोगले मात्र सडक कुकुरहरूको सम्मानजनक जीवन सुनिश्चित हुन सक्दछ ।


प्रतिक्रिया दिनुहोस्