रबिन थपलिया । पुर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता माननीय अर्जुन नरसिंह केसीले नुवाकोटको ककनी देखि पिपलटार सम्मको सडक निर्माणमा अबिलम्ब काम सुरुवात नभएमा सडक देखी सदन सम्म बिरोधमा उत्रिने चेतावनी दिनुभएको छ ।
नुवाकोट महोत्सबको उदघाटन कार्यक्रममा बोल्नुहुंदै नेता केसीले २०७२ सालबाट प्रारम्भ भएको पिपलटार–ककनी बाटो ८ बर्ष पनि सम्पन्न हुन नसक्नु दुखद रहेको बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थीतिमा भइरहेको कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै नेता केसीले भन्नुभयो “ मैले प्रधानमन्त्रीलाई डेलीकेशन जाँदा पनि भनेको छु व्यक्तिगत रुपमा पनि भनेको छु , यदि यो बाटोलाई यसैपाली सुरुवात गरिएन भने मैले संसदमा अनसन बस्नुपर्ने हो कि ककनी देखि पिपलटार सम्मको बाटो बन्द गरेर आन्दोलनको यात्रा सुरु गर्नुपर्ने हो तपाँईसंग अन्तीम कुरा गरेर मात्र थाल्छु भनेर भनेको छु ।”
नेता केसीले नुवाकोटमा ४३ प्रतिशत र रसुवामा ६८ प्रतिशत तामाङको जनसंख्या रहेको बताँउदै दुवै जिल्लाका तामाङलाई सम्बोधन गर्न देउरालीको छेउछाउमा एउटा तामाङ संग्राहलय बनाउन चाहेको बताउनुभयो ।
नेता केसीले नेपाल चीन जोडने नाकामा पर्ने पिपलटार देखि ढुंगे सम्मका सडकमा पर्ने घरवालाहरुले अझै मुअव्जा नपाएको बताँउदै मुअव्जाको कामलाई चाँडो सक्न आग्रह गर्नुभयो ।
dfdf
प्रतिक्रिया दिनुहोस्