जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ८० बढी घाइते,मृत्यु हुनेको संख्या १६ पुग्यो

Sagarmatha Post
Sagarmatha Post २३ भाद्र २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १६ पुगेको छ । ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। यो सहित उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

त्यस्तै काठमाडौँ मेडिकल कजेलमा १ जना जनाको मृत्यु भएको छ। त्यस्तै टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा गोपाल सेडाइँले जानकारी दिए। त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको हो।

्घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन । उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो । दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भएको थियो । यद्यपि आन्दोलन रोकिएको छैन । अहिले पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ । घाइतेहरूको संख्या यकिन भइसकेको छैन ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्