बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या ६० पुग्यो

Sagarmatha Post
Sagarmatha Post २१ आश्विन २०८२, मंगलवार
1 Min Read
Aa

देशका विभिन्न जिल्लामा भएको भारी वर्षापछि आएको बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । बाढी पहिरोका कारण ११ जिल्लाका १५ नाबालकसहित ६० जनाको ज्यान गएको हो । इलाममा १३ पुरुष १४ महिला र १० नाबालकसहित ३७ जनाले ज्यान गुमाएका छन्। त्यस्तै पाँचथरमा ३ पुरुष, ४ महिला र १ नाबालक, उदयपुरमा २ महिला र १ नाबालक, खोटाङमा २ पुरुष, सुनसरीमा १ पुरुष, रौटहटमा १ महिला र २ नाबालक, मोरङमा १ महिला, महोत्तरीमा १ महिलाको ज्यान गएको छ । त्यस्तै सिन्धुपाल्चोकमा १ नाबालक, काभ्रेमा २ महिला, सिन्धुलीमा १ जना महिलाको ज्यान गएको हो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्