कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइयो

Sagarmatha Post
Sagarmatha Post २९ आश्विन २०८२, बुधबार
1 Min Read
Aa

जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ। । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले तत्काल प्राप्त प्रमाणबाट सुन तस्करीमा महराको पनि संलग्नता देखिएको ठहर गर्दै थुनामा पठाउन आदेश दिएको हो।  चिनिया तस्करले भेप (विद्युतीय चुरोट)मा ल्याएको ९ किलो बढी सुन भन्सारबाट छुटाउन महराले भनसुन गरेको आरोप छ। महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो दाबी गर्दै सोमबार मुद्दा दर्ता भएको थियो। उनका छोरा राहुलसहित ४ जनाविरुद्ध यसअघि नै मुद्दा दर्ता भएको थियो।

यो प्रकरणमा महरा र अन्य प्रतिवादीहरूको बयानबाट समेत उनी संलग्न छैनन् भन्ने नदेखिने अदालतले भनेको छ। यसअघि अर्को मुद्दामा पक्राउ पर्दा भने उनलाई डिल्ली बजार कारागार लगिएको थियो। यो सुन तस्करी प्रकरणमा उन्मुक्ति पाउँदै आएका महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार पक्राउ गरी मुद्दा दायर गरेको थियो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्