प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

Sagarmatha Post
Sagarmatha Post २८ कार्तिक २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले शुक्रबार फरक फरक सूचना जारी गर्दै प्रतिनिधि सभाका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न भनेको हो । आयोगले दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता मिति लगायत आवश्यक कागजात समेत खुलाउन भनेको छ । प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते र राष्ट्रिय सभा सदस्य निर्वाचन माघ ११ गते हुँदैछ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्