प्रतिनिधि सभा निर्वाचनमा ३ हजार ४२८ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । फागुन २१ गतेको निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ मंगलबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको तालिका रहेकामा ३ हजार ४२८ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ। उम्मेदवारमध्ये ३९१ जना महिला हुन् ।आयोगका अनुसार यो संख्या अझै बढ्नेछ। विभिन्न निर्वाचन अधिकृतको कार्यालयले विवरण अध्यावधिक गराउन बाँकी रहेकाले संख्या बढ्ने भएको हो। बुधबार बिहान १० देखि ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ। माघ ९ गते उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने माघ ९ गते नै अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न प्रदान गर्ने तालिका छ।
प्रतिनिधि सभा निर्वाचनमा ३ हजार ४२८ उम्मेदवार प्रतिस्पर्धामा उत्रिए


प्रतिक्रिया दिनुहोस्