हाम्रो नामसंग मिल्ने नाम राखेर गलत धन्दा गर्नेहरुलाई ग्राहकहरुले चिन्दैछन् : सुष्मा महरा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ कार्तिक २०७९, शनिबार
9 Min Read
Aa

नेपालको व्युटी बिजनेशमा बीग व्युटी बिजनेश वुमनको रुपमा सुषमा महरालाई चिनिने गरेको छ । विगत २५ बर्षदेखि सौन्दर्य व्यवसायमा सुषमाको ठूलो योगदान रहेको छ । काठमाडौं मल स्थित चौथो तल्लामा स्थापित फेसियल हाउस लेडिज एण्ड जेन्टस् सैलुन संचालनमा ल्याएकी सुषमाले काठमाडौं मलको अलावा चावहिल, सीटीसी मल, पोखरामा ,सुरखेत र धनगडीमा समेत फेसियल हाउसको विस्तार गरेकी छन् । १ सय जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिदैंआएकी सुषमा आफैपनि अहोरात्र खट्ने मेहनती बरिष्ठ सौन्दर्यविज्ञ हुन् ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका कोषाध्यक्ष, कर्पोरेट मिडिया ग्रुपका प्रवन्ध निर्देश तथा व्युटी एशोसियसन अफ नेपाल तथा महिला च्याम्बरको आजीवन सदस्य समेत रहेका सुषमाले कुनैबेला कपडा व्यवसाय तथा बुटिक संचालन गरेकी थिइन् । यद्यपि, सौन्दर्य व्यवसायमा नै सुषमा जमेकी छन् । यसै व्यवसायवाट सुषमाले नाम, दाम, इज्जत र प्रतिष्ठा कमाउन सफल भएकी छन् ।सौन्दर्य व्यवसाय मार्फत हजारौ युवा–युवतीहरुलाई रोजगारी युक्त प्राविधिक शिक्षा समेत दिने कार्य सुषमावाट भएको छ ।यस वाहेक समाज सेवामा पनि सुषमाको सक्रियता रहेको छ । असहाय बालबालिका तथा बृद्धबृद्धाहरुलाई सक्दो सहयोग गर्ने कार्य पनि सुषमावाट हुंदैआएको छ। विसं.२०७२ साल बैशाख १२ गते आएको महाभूकम्पवाट पीडितहरुको सहयोगमा अत्यन्त दत्तचित्त भएर सुषमाले सक्दो सहयोग गरेर पूण्य कमाएकी थिइन् । त्यसैगरेर, क्यान्सर पिडितहरुका लागि कपाल दान गर्नेदेखि कोरोनाको कहरको बेला समेत विभिन्न राहत सामाग्री वितरण गरेर आयामिक कार्य गर्दैआएको कसैवाट छिपेको छैन्।
निडर तथा स्वाभिमानी स्वभाव अनि स्पष्टवक्ता सुषमा आफै साहसी नारी पनि हुन् । अन्याय र अत्याचारको सदा विरोधी रहंदैआएकी बरिष्ठ सौन्दर्यविज्ञ सुषमा महराका हरेक कार्यमा श्रीमान उज्वलजंग पराक्रम शाहको साथ र सहयोग रहेको छ ।
श्रीमान र परिवारको साथ र सहयोगका कारण बीग व्युटी बिजनेशमा आफूले सफलता प्राप्त गरेको दिल खोलेर सुषमाले बताएकी छन् । आँट, धैर्य र साहसको प्रतिक सुषमा महराको भनाईमा स्वाभिमानमा बाँच्नुको मज्जा नै बेग्लै हुने गर्दछ । हातमा सीप भएको मान्छे कहिले पनि भोको हुंदैन्।

No description available.

फेसियल हाउस १४ वर्ष पुरा भएर १५ वर्षमा प्रवेश गरिसकेको छ । यहाँ फुल फेमेली प्याकेजको सुविधा छ । फेसियल हाउस काठमाडौं उपत्यका लगायत देशभर भएका व्युटी सैलुनहरु मध्य उत्कृष्ट सैलुनमा पर्न सफल छ । नेपालको नम्वर वान ब्युटी सौन्दर्यको अवार्ड पाउन पनि फेसियल हाउस सफल छ । नेपालमा नै उत्कृष्ट ब्राण्ड बन्न सफल छ फेसियल हाउस । यसैक्रममा हामीले फेसियल हाउसका प्रवन्ध दिर्नेशक तथा बरिष्ठ सौन्दर्यविद सुष्मा महरासँग कुराकानी गरेका छौंः
फेसियल हाउसको कसरी सेवा प्रदान गरिरहेको छ ?
सानो बच्चादेखि लिएर वृद्धवृद्धासम्मका लागि प्याकेज हामीसँग छ । इन्फ्रा स्टक्चर पनि सोही अनुशार बनाएका छौं । बच्चालाई मनपर्ने खेलौनाको चेयर छन् । कपालको लागि सोही अनुशारको सेप्रेट रुममा पनि सर्भिस दिन्छौं । हजुर बुवा हजुर आमाको लागि पनि सोही अनुशारको प्याकेज छन् । लेडिज तथा जेन्स ब्युटी पार्लर भन्न भन्दा पनि फुल फेमेली प्याकेजवाला पार्लर भन्न मन पराउछुँ ।
फेसियल हाउसले कस्ता– कस्ता सेवा प्रदान गरिरहेको छ ?
फेसियल हाउसले नेपालमा नयाँ सौन्दर्य प्रविधिहरु पनि भित्र्याएको छ । टाटु रिमुभर लेजर मेसिन, हेयर, व्युटी र स्किन केयर मेसिन, स्किन टेस्ट, कृत्तिम परेला पत्यारोपन (आईलाईसिस एक्टेन्सन), जेल नेल आर्ट, पर्मामेन्ट मेकअप, पेयर सिन, डेडलक जस्ता थुप्रै नयाँ पुस्तामा प्रचलित हुने प्रविधिहरु उपलब्ध छन् । साथै फेसियल हाउसले व्युटी ट्रेनिङ सुविधा पनि दिदै आएको छ । नेपालीहरुको छाला र कपाललाई मध्यनजर राख्दै मलेशिया, कोरिया, इन्डिया ,पोल्यान र थाईल्याण्डको कम्पनीहरुसँग सहकार्य गरेर हर्वल व्युटी केयर कस्मेटिकको होलसेल तथा रिटेल सेवा पनि दिँदै आएको छ ।
ग्राहकको आकर्षण कस्तो छ ?
हाम्रो ग्राहकको आकर्षण दिन प्रतिदिन बढिरहेको छ । म आफू यस क्षेत्रमा पोख्त भएर मात्र फेसियल हाउस संचालन गरेको हुँ । नयाँ टेक्नोलोजी के के आएका छन् त्यसलाई पछ्याउँदै सिक्दै सेवा प्रदान गरिरहेका छु । अरु पार्लरभन्दा राम्रो सुविधा प्रदान गरेकै कारण ग्राहकको रोजाइमा पर्न सफल छौं र विश्वास जितिरहेका छौं । हाम्रोमा आउने ग्राहकलाई हामीले चित्त बुझाएर पठाउँछौं । पहिलो पटक आउनुभएको ग्राहक अर्को पटक आउँदा अर्को एकजना साथमा लिएर आउनु हुन्छ । हाम्रो कामका कारण नै हामी लोकप्रिय बनेका हौ ।
कहिले काहीं अन्य स्थानमा सेवा लिएर आफ्नो कपाल तथा स्किन विगारेर पनि आउनु हुन्छ । हामीले उहाँहरुलाई पनि रिपेयर गर्छौं । उहाँहरुले प्रयोग गरेका प्रोडक्ट हेरेर सल्लाह पनि दिन्छौं । सबै जनालाई राम्रो बनाउने पेशामा लागेको छु जस्तो लाग्छ । यहाँ आउने ग्राहकलाई मात्र नभई सामाजिक सञ्जालका विभिन्न विभिन्न माध्यमबाट मैले अरुलाई पनि सल्लाह तथा सुझाव दिने गरेको छु ।
चाडपर्व लक्षित अफरमा के कस्ता विशेषता छन् ?
हामीले चाडपर्व लक्षित अफर सार्वजनिक गरेका छौं । अफर अन्तर्गत फेसियल हाउसमा २ हजारदेखि ७ हजार रुपैयाँमा केराटिन स्मुथिङको सेवा लिन सकिन्छ । १ हजारदेखि १ हजार २ सय रुपैयाँमा स्पेशल फेसियलको सेवा लिन सकिनेछ । साथै भारी छुटमा माइक्रोब्लेडिङको पनि सुविधा लिन सकिन्छ ।
कर्मचारी कति हुनुहुन्छ, शाखा विस्तार कहाँ कहाँ गर्नुभएको छ ?
६० भन्दा धेरै कर्मचारी हामीसँग हुनुहुन्छ । काठमाडौंको काठमाण्डु मल, सिटिसी मल, चावहिल तथा पोखराको ट्रेड मल, सुर्खेतको न्यु रोड र धनगढीबाट हामीले सेवा प्रदान गरिरहेका छौं ।
अन्य पार्लर तथा सैलुनले पनि फेसियल हाउस भनेर प्रचार गरेको देखिन्छ, के भन्नुहुन्छ ?
नक्कली नाम र मिल्दोजुल्दो नामसँग नझुक्किुहोला भनेर हामीले भन्दै आएका छौं । फेसियल हाउस मात्र लेखेको हेर्नु होला । ब्राण्ड बनाउन कति मेहनत गर्नुपर्छ भन्ने बनाउनेलाई थाहा हुन्छ । तर अहिले बजारमा अरुले स्थापित गरेको ब्राण्ड बेच्ने र आफ्नो नाम नै नदेखाउने प्रवृत्ति बढेको छ । कस्टमर पनि झुक्किनुहुन्छ । कतिपयले ग्राहकलाई डुब्लिकेट सामान प्रयोग गर्ने गरेको पनि देखिन्छ । त्यसैले मेरो फोटो भएको र फेसियल हाउस मात्र लेखेको हेर्न अनुरोध गर्द छु ।
तपाई काठमाडौं उद्योग वाणिज्य संघको कोषाध्यक्ष पनि हुनुहुन्छ देशको ईकोनेमिक अवस्था चाहि कस्तोछ ?
कोभिट पछि संसार नै सिथिल बन्यो यसको प्रभाब नेपालमा पनि नर्पेत कुरै भएन त्यस माथि रसिया र युक्रेन युद्धले संसारको ईकोनेमिलाई झनै तल झार्यो यसले तरल्ताको अभाव श्रृजना गर्यो । यहि अभाबमा ब्यवसायीहरु झन् चेपुवामा परे । बैंकले ब्याज दर बृद्धि गर्दै लग्यो उद्योग धन्दा बन्द हुदै जान थाले ।
यसको समाधान के हुन सक्छ त ?
यसको समाधान नेपाल सरकारले नै गर्ने हो । अहिले राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्री जानी दुश्मन जस्ता भएका छन् । यसैले पनि अफ्टेरो अवस्थाको श्रृजना भएको छ । राष्ट्रले चाहेको अवस्थामा बैंकलाई हस्तक्षेप पनि गर्न सक्नु पर्छ । लगानीको बतावरणलाई विग्रिन दिनु हुदैन । ब्यवसायीले २०१८ देखि अहिले सम्म नाफा गरेका छैनन् । यो ४ वर्ष राज्यलाई कर तिरीरहेका छन् । कामदारहरुलाई तलब पनि दिराखेकै छ । अब १ वर्ष बैंकले नाफ आर्जन नगरेर ब्यवसायीहरुलाई बचाउदा केहुन्छ ?
राष्ट्र बैंकले त ब्याज सस्तो गर्यो भने पैसा अनुत्पादक तिर लगानी जान्छ भन्छनी ?
तपाईले भन्न खाज्नु भएको बैंक वाट लोन लिएर जग्गा वा सियर बजारमा लगानी गर्यो । मयसलाई मान्न तैयार छैन । नियामक निकायले विभिन्न औजार प्रयोग गरेर अनुत्पादक क्षत्रको लागानी रोक्न सजिलै सक्छ । जग्गालाई ३० प्रतिसत हैन १० प्रतिसत कायम गरे हुन्छ । सियर बजारमा पनि ३ करोड १२ करोड भनेर क्याप लगाउने हैन यसलाई पनि ३० प्रतिसत कायम गरे पुग्छ । कम्पनीहरुमा जाने लोनको मापन पनि लगानी हेरर हैन ट्रन ओभर हेरेर दिन सकिन्छ । नयाँ कम्पनीहरुलाई चलेको साझेदार खोज्न लगाउने हो भने लगानीको ग्यारेन्टी पनि बढ्दै जान्छ । बैंकले धितो राखेको छ डुबे ब्यवसायी डुब्छ भन्ने नीतिलाई पनि परिर्वतन गर्न सक्नु पर्यो अव राज्यले ।

 

प्रतिक्रिया दिनुहोस्

Array