अत्यधिक गर्मी बढे पनि टीकापुरका वासिन्दालाई बढी पीडा बाढीकै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ जेष्ठ २०८०, मंगलवार
3 Min Read
Aa

कैलाली, कैलालीको टीकापुर नगरपालिका–७ का रामनारायण चौधरी बाढीबाट जोगिन कृत्रिम अभ्यासमा व्यस्त हुनुहुन्थ्यो । वर्षायाम सुरु हुनै लाग्दा उहाँलगायत समुदायका अधिकांश नागरिक बाढीबाट बच्ने उपायका बारेमा सिक्दै थिए ।

“बर्सेनि बाढीबाट बच्नका लागि पूर्वसावधानीका उपायका बारेमा जानकारी दिइँदै आएको छ । यसले हामीलाई बाढी आउँदा सुरक्षित स्थानमा स्थानान्तरण हुन र भएको धनमाल जोगाउन मद्दत पुगेको छ”, उहाँ भन्नुहुन्छ, “सिकाइ भएको कुरालाई स्थानीयले कार्यान्वयनमा नल्याउँदा भने कहिलेकाहीँ समस्या हुने पनि गरेको छ । समयमा विपद्को जानकारी हुँदा पनि हुने लापरबाहीले ठूलो क्षति बेहोरेको इतिहास हाम्रा अगाडि छ ।”टीकापुरका वासिन्दालाई बढी पीडा बाढीकै - NepalKhoj

वडा नं ८ सोमती चौधरीलाई पनि बढी पीडा बाढीकै छ । उहाँलाई बर्सेनि बाढीको समस्याका कारण वर्षायाम सुरु भएपछि चिन्ता बढ्दै जान्छ । “कर्णाली नदीको किनारमै घर छ । कतिबेला के हुन्छ ? थाहा छैन”, सोमती भन्नुहुन्छ, “समयम तटबन्धको काम सम्पन्न भएको भए पनि यो चिन्ताबाट बच्न सकिन्थ्यो होला । बर्सेनि बाढीबाट बच्न कृत्रिम अभ्यास गरिरहनुपर्ने थिएन होला ।”

बाढी प्रभावित क्षेत्रमा लामो समयदेखि प्रक्टिकल एक्सन नेपाल र सामाजिक विकास तथा अनुसन्धान केन्द्र बाँकेको साझेदारीमा नेपाल बाढी उत्थानशील परियोजना सञ्चालन हुँदै आएको छ । बाढी प्रभावित क्षेत्रका नागरिकलाई जोखिम बचाउनका लागि र त्यस क्षेत्रका नागरिकको जीविकोपार्जनका क्षेत्रमा काम गर्दै आएको छ । कैलालीका दुई पालिका र बर्दियाको तीन पालिकामा परियोजनाले काम गर्दै आएको कार्यक्रम संयोजक सुरेन्द्र ठगुन्नाले बताउनुभएको छ ।

उहाँका अनुसार कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा काम गर्दै आएको छ । त्यस्तै बर्दियाको राजापुर र मधुवन नगरपालिका साथै गेरुवा गाउँपालिकामा काम गरिरहेको छ ।

प्रक्टिकल एक्सन नेपालका कार्यक्रम व्यवस्थापन विक्रम रानाले कुनै पनि जोखिमलाई पूर्णतया निर्मूल गर्न नसकिने जनाउँदै त्यसलाई केही हदसम्म व्यवस्थापन गर्न सकिने भएकाले त्यसमा व्यवस्थापनको काम परियोजनाले गर्दै आएको बताउनुभयो । उहाँले विपद्को जोखिममा रहेका नागरिकलाई स्थानीय सरकारको समन्वयमा काम गर्दै आएको बताउँदै नागरिकलाई सुसूचित गर्ने महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।

टीकापुर नगरपालिका नगरप्रमुख रामलाल डँगौरा थारुले प्राकृतिक प्रकोप कोही कसैलाई नभनी आउने भएकाले त्यसको समाधान गर्नाका लागि सम्पूर्ण समुदायका पूर्वतयारी अवस्थामा रहन आग्रह गर्नुभएको छ । उहाँले घटना अभ्यास एउटा अभ्यास मात्र नभई प्रकोपका बेला आइपर्ने घटना भएको जनाउँदै त्यसलाई त्यसैअनुसार अनुसरण गरेर कार्यान्वयनका लागि तयारी अवस्थामा बस्न भन्नुभयो । “प्रकोपसँग लड्नसक्ने क्षमता कसैसँग छैन”, नगर प्रमुख थारुले भन्नुभयो, “त्यसको समाधान गर्न सकिने भएका कारण समाधानको बाटोतिर जानुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

Array