रबिन थपलिया । काठमाडौं । उमेरहदका कारण सेवा निबृत्त हुनुभएका तारकेश्वर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरेको बिदाई गरिएको छ ।
तारकेश्वर नगरपालिकाको सभाहल धर्मस्थलीमा आज आयोजित भव्य कार्यक्रमका बिच नगरप्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले डा. घिमिरेलाई राष्ट्रिय टोपी लगाएर प्रमाणपत्र, बुद्धको मुर्ति र चाँदीको सिक्का सहित उपहार दिएर बिदाई गर्नुभयो ।
२०४३ भदौ १६ गतेबाट निजामती सेवामा प्रवेश गर्नुभएको डा. घिमिरेले ३६ बर्ष १० महिना २४ दिन निजामती सेवामा रहेर बिभिन्न पदिय जिम्मेवारी निर्वाह गर्नुभयो । डा. घिमिरेले हुम्ला, प्युठान र धनकुटाको प्रमुख जिल्ला अधिकारी तथा मोरङको सुन्दरहरैंचा नगरपालिका तथा तारकेश्वर नगरपालिमाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा रहेर काम गर्नुभएको थियो । तारकेश्वर नगरपालिकामा २०७९ फागुन ८ गते प्रमुख प्रशासकिय अधिकृतको रुपमा आउनुभएका डा. घिमिरेले नगरपालिकामा रहेर करिब ६ महिना सेवा गर्नुभयो । नगरबासीका कामलाई चुस्त, दुरुस्त र छिटो छरितो ढंगले सेवा प्रवाह गर्नका लागि डा. घिमिरले तारकेश्वर नगरपालिकामा बिहान ८ बजे देखि साँझ ७ बजे सम्म रहेर काम गदै आइरहनुभएको थियो ।
बिदाई समारोहमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले नगरपालिकाको हितमा डा. घिमिरेले दिनुभएको समय र योग्दान निकै प्रशंसायोग्य रहेको बताँउदै उहाँको अवकास पछिको जीवन सुखमय तरीकाले बितोस भनि कामना गर्नुभयो ।
डा. घिमिरेको तारकेश्वर नगरपालिकाको बसाई निकै छोटो भएपनि यादकर रहेको बताँउदै नगरप्रमुख महर्जनले अवकास पछिको समयलाई नगरपालिकाको हितमा प्रयोग गर्न चाहेको बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले सेवा निबृत्त हुनुभएका डा. घिमिरेले तारकेश्वर नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीसंगै अविभावकीय भुमिका समेत निर्वाह गरेको बताउनुभयो ।
उपप्रमुख अर्यालले निकै सालीन स्वभाव, जो सुकैसंग पनि मिल्न सक्ने क्षमता हुनुभएका डा. घिमिरेबाट तारकेश्वर नगरपालिकाले धेरै कुरा सिकेको बताउनुभयो ।
सेवा निबृत्त हुनुभएका प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरेले कामप्रति प्रतिबद्ध र इमान्दार भएर पदिय जिम्मेवारी निर्वाह गरेमा सबैको प्यारो भइने बताँउदै इमान्दार भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो ।
उमेरहदका कारण अवकास भएपनि आफुमा उहि जोस र जाँगर कायम रहेको बताँउदै डा. घिमिरेले सबैको साथ र सहयोग पाएमा अवकास पछिको जीवनमा विज्ञको रुपमा रहेर सेवा दिन तयार रहेको बताउनुभयो ।
बिदाई समारोहमा भाबुक बन्नुभएका डा. घिमिरेले काम गर्ने क्रममा भएका तिता अनुभबहरुलाई भुलिदिन सवैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “कार्यलयको कामको सिलसिलामा ऐन कानुनको परिपालनामा कुनै किसिमको नराम्रो बोलेको भए यहिबाट बिर्सिर गइदिन म सबैलाई आग्रह गर्दछु”
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष राधाकृष्ण खडगीले डा. घिमिरेको तारकेश्वर बसाई निकै उपलव्धीपुर्ण रहेको बताउनुभयो ।
बदाई समारोहमा तारकेश्वर नगरपालिकाको योजना तथा राजश्व शाखाका प्रमुख सागर अर्यालले बिदाई हुनलाग्नु भएका डा. घिमिरेबाट समय व्यवस्थापन लगायतका थुप्रैकुराहरु सिक्ने अवसर पाएको बताँउदै उहाँले तारकेश्वर नगरपालिकामा दिनुभएको योग्दान अविस्मरणीय रहेको बताउनुभयो ।
बिदाई समारोहमा वडा अध्यक्षहरु बिदुर सापकोटा, राधाकृष्ण खडगी, परशुराम अर्याल, नरेन्द्रदास श्रेष्ठ, सम्भु फुंयाल, घनश्याम श्रेष्ठ, सानुकाजी खत्री, श्यामकृष्ण सापकोटा, कुमार राई र कबिराज बस्नेत, नगर कार्यपालिका सदस्यहरु, जनप्रतिनिधिहरु, तारकेश्वर नगरपालिकाका बिभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरु लगायतले डा. घिमिरेलाई माला र खादा लगाएर बिदाई गर्नुभयो ।
rtrt
प्रतिक्रिया दिनुहोस्