महजोडीले गरे विश्वज्योति मल्टिप्लेक्स शुभारम्भ, शुक्रबारदेखि नियमित प्रदर्शन हुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ जेष्ठ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । फिल्म प्रदर्शनको इतिहास बोकेको जमलस्थित विश्वज्योति हल शुक्रबारदेखि नयाँ स्वरुपमा संचालनमा आउने भएको छ । सोमबार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विश्वज्योति मल्टिप्लेक्सको शुभारम्भ गरे ।

भूकम्पपछि जीर्ण बनेको पुरानो हललाई २०७१ सालमा भत्का

विश्वज्योति मल्टिप्लेक्समा २०१ र ८९ सिट क्षमताका दुई अडिटोरियम छन् । थ्रीडी र अत्याधुनिक प्रविधि जडान गरिएको हल सुविधासम्पन्न छ । शुभारम्भ समारोहमा बोल्दै संचालक मोहन सर्राफले दर्शकको सुविधालाई ध्यानमा राखेर हल संचालनमा ल्याउन लागिएको बताए ।

सो अवसरमा ‘लक्का जवान’ फिल्म प्रदर्शन गरिएको थियो । फिल्मका निर्देशक र कलाकार पनि उपस्थित रहे । शुक्रबारदेखि हलमा नियमितरुपमा लक्का जवानसहित डक्टर स्ट्रेन्ज २ लगायतका फिल्म प्रदर्शन हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array