नेपाललाई भारतको २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोगको घोषणा

Sagarmatha Post
Sagarmatha Post ७ मंसिर २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौं । भारतले प्रधानमन्त्री बालेन्द्र शाहको राजकीय भ्रमणका क्रममा नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। यद्यपि, उक्त सहयोगमध्ये कति रकम सहुलियतपूर्ण ऋण र कति अनुदानका रूपमा उपलब्ध गराइने भन्ने विषय भने स्पष्ट पारिएको छैन।

नेपालले भारतसँग २ खर्ब भारु बराबरको आर्थिक सहयोग माग गरेको थियो। नेपालले १ खर्ब भारु सहुलियतपूर्ण ऋण र १ खर्ब भारु अनुदानका रूपमा उपलब्ध गराउन प्रस्ताव गरेको थियो। तर, भारतले नेपालको प्रस्तावभन्दा ४० अर्ब भारु बढी सहयोग घोषणा गरेको हो।

नेपालले प्रस्ताव गरेको अनुदान रकममध्ये ५० अर्ब भारु रसुवामा बाढीपछि भएको क्षतिको पुनर्निर्माणमा र बाँकी ५० अर्ब भारु बुटवल–पोखरा एक्सप्रेस वे निर्माणमा खर्च गर्ने योजना बनाएको थियो। यसअघि पनि भारतले नेपालका लागि चारवटा लाइन अफ क्रेडिट (ऋण सुविधा) घोषणा गरिसकेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्