–प्रकाशचन्द्र खतिवडा : कविता आशिष

Sagarmatha Post
Sagarmatha Post २८ मंसिर २०८२, आईतवार
2 Min Read
Aa
कविता : आशिष
तिमी रुँदा
किन हाँस्छन मान्छेहरु ?
विवेक शून्य बनाएर,
समय क्रुर बन्दो रै छ
संवेदना मरे पछि,
तिम्रो दुःख तिम्रो पीडा तिमी संगै होला
दुःख पीडा साट्छौ कसो गरी, ?
सुखका आगो ताप्न खोज्छन
मान्छेहरु हिजो आज ?
स्वार्थमा चुर्लुम्मै डुबे पछि ।
झुण्ड झुण्ड छन मान्छेहरु
कहाँ जान हिडेका हुन ?
फरक फरक विचार होला
एउटै बाटो हिड्न हुन्न
स्वार्थहरु बाझ्ने गर्छन
यात्रा फरक भए पछि ।
भुइँ मान्छेका कथाहरु
तिमीले लेख्नु पर्ला
चित्त दुःखाइ किन रुन्छौ ?
हाँस् खेल गर्न सिक्नु पर्ने
तिम्रो जीवन संघर्ष हो
संघर्षकै गीत गाउँ
विभेदका पर्खालहरु भत्काउँदै
मुक्ति युद्ध लड्नु पर्ने ।
कर्म उस्तो हैन साथी
कर्म वादमा फस्छौ किन ?
भाग्य खोटो छैन
हेपिएर कति बस्ने ?
शत्रु मित्रु छुट्याएर
कित्ता काट गर्नु पर्छ
मित्र शक्ति मिले पछि
बैरी माथि धावा बोल्नु पर्छ ।
अब पनि युद्ध हारे
आमा रुनु होला
छोरा छोरी शहीद होलान
क्रान्ति हाँक्ने भए पछि
दुई चार सपुत नमरे त
क्रान्ति सफल, हुन्न होला ।
बाटो हेरी बस्लिन आमा
फूल टीका बोकी
युद्ध जिती फर्क तिमी
तिम्रो तिमी महान मान्छे
आमा पनि हाँस्दि होलिन
तिमीले युद्ध जिते पछि
शिर थापी बस तिमी
विजयको झण्डा बोकी
दिन्छिन आशिष बुढी आमा
तिम्रै शिर माथि ।
–प्रकाशचन्द्र खतिवडा 
सुन्दरहरैंचा –६, दुलारी, मोरङ
      ९८४२०७३५२५
              kpchandra2023@gmail.com
Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्